फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सदिच्छा र मित्रता नै सक्रिय छलफलको शर्त

(GMT+08:00) 2019-09-12 14:23:54

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 11 तारिख राति चीनबाट निर्यात हुने 2 खर्ब 50 अर्ब अमेरिकी डलरको सामानका लागि थप भन्सार कर असुल्ने समय अक्टोबर १ तारिखदेखि 15 तारिखसम्म पछि सार्ने निर्णय गर्नुभयो। त्यसअघि चीनमा व्यवसायमाथि आर्थिक तथा व्यापारिक संघर्षको प्रभाव कम पार्नका लागि चीनले अमेरिकाका लागि थप भन्सार कर असुल्ने पहिलो चरणका सामानमध्ये पहिलोपटक बढाएको भन्सार कर हटाउने सूची सार्वजनिक गरेको थियो।

यसै महिना ५ तारिख चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक मण्डलका प्रमुखबीचको फोन वार्ताअनुसार, दुई पक्षले अक्टोबर महिनाको प्रारम्भमा वाशिन्टनमा १३औं आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफल गर्ने सहमति गरेका छन्। दुई पक्षले सेप्टेम्बरमा छलफल गरेर उक्त उच्चस्तरीय छलफलका लागि तयारी गर्नेछन्। साझा प्रयासमा व्यवहारिक गतिविधिद्वारा छलफलका लागि सक्रिय सर्त सिर्जना गर्नेमा पनि मतैक्यता जनाएका छन्।

उक्त छलफलअघि दुवै पक्षले यथोचित कदम चालेर मैत्री तथा सदिच्छा देखाएर छलफलको व्यवहारिक प्रगतिका लागि सक्रिय शर्तको सिर्जना गरेका छन्। यो अन्तर्राष्ट्रिय समाजको प्रतीक्षासँग अनुकूल पनि छ। एक वर्षको प्रक्रियाले व्यापारिक युद्धमा कुनै पनि पक्ष विजयी नहुने पुष्टि गरेको छ। निरन्तर रूपमा थप भन्सार कर असुल्ने गतिविधिले समस्याको समाधान गर्न सक्दैन। समान रूपमा सम्मान भएर शान्त र तर्कसंगत धारणाद्वारा छलफल र सहयोग गरेमा मात्रै द्वन्द्व र मतभेदको सामना गर्न सकिन्छ।

विकसित चरण र आर्थिक परिपाटी फरक भएका हुनाले चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक समस्या ज्यादै जटिल भएकाले समाधानका लागि समय चाहिन्छ। त्यसैले दुई पक्षले अझ बढी मैत्रीभाव देखाउनका साथै अझ बढी व्यवहारिक गतिविधि चाल्नुपर्छ। दुई देशका राष्ट्रनायकबाट अर्जेन्टिना वार्ता र ओसाका वार्तामा हासिल सहमतिअनुसार, दुई आर्थिक तथा व्यापारिक मण्डलले सबै थप भन्सार कर रद्द गर्ने दिशातिर छलफल गरेर सकेसम्म छिटो आपसी हितकर तथा विजयको ठोस सन्धि पूरा गर्नुपर्छ। यो लक्ष्य साकार तुल्याउनका लागि दुई पक्षले आपसी बुझाइलाई गहन पारेर सहयोगको तरिकाद्वारा मतभेदको सामना गर्नुपर्छ। यो विश्वको शान्ति तथा प्रगतिका लागि चीन र अमेरिकाले वहन गर्नुपर्ने साझा जिम्मेवारी हो।

विश्वका दुई सबैभन्दा ठूला आर्थिक समूहको हैसियतमा चीन र अमेरिकाको फाइदा मिल्नुका साथै सहयोगात्मक क्षेत्र व्यापक रहेको छ। अन्तमा छलफलद्वारा दुई पक्षको मतभेदको समाधान गर्नुपर्छ। चीनले व्यापारिक युद्ध चर्किँदै गएकोमा दृढताका साथ विरोध गरेको छ। दुई पक्षले राष्ट्रनायकबीचको सहमति बमोजिम समान तथा सम्मानभावका साथ शान्ति कायम राख्ने, आपसी विश्वास बढाउने, सहमति विस्तार गर्ने गरी दुवै पक्षबाट स्वीकार्य तथा आपसी हितकर र विजयसहित आर्थिक तथा व्यापारिक सन्धि सम्पन्न गर्ने आशा चीनले गरेको छ। यो चीन, अमेरिका र विश्वका लागि सहयोगी हुनेछ।

जानकारी तथा लेखहरु