फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपप्रधानमन्त्री र अमेरिका-चीन व्यापार संघका अध्यक्षबीच भेट

(GMT+08:00) 2019-09-13 18:19:04

अमेरिका-चीन व्यापार संघका अध्यक्ष इभान ग्रीनवर्गको निमन्त्रणामा चीनका उपप्रधानमन्त्री लिउ हले १२ तारिख उहाँसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा उपप्रधानमन्त्री लिउ हले निर्धारित अक्टोबर १ देखि थप भन्सार कर असुल्ने कदमलाई पछि सार्ने विषय अमेरिकाले भरखरै सार्वजनिक गरेकोमा त्यसको चीनले स्वागत गरेको उल्लेख गर्नुभयो। सम्पूर्ण विश्वले चीन-अमेरिका वार्तामा प्रगति हासिल गर्ने अपेक्षा लिइरहेको र व्यापार सन्तुलन, बजार प्रवेश मापदण्ड, लगानीकर्ताको संरक्षण लगायत साझा अभिरूचि भएका विषयबारे ध्यानपूर्वक वैचारिक आदानप्रदान गर्नको लागि दुवै पक्षका कार्य टोलीले आउने हप्ता भेट्ने छन्।

भेटमा ग्रीनवर्गले थप भन्सार कर असुल्न अमेरिका उद्योग वाणिज्य क्षेत्रले देख्न नचाहेको र दुई देशले छलफलमार्फत विद्यमान मतभेदलाई हटाएर सामान्य व्यापारिक आवतजावत पुनः सुचारू गर्ने आशा व्यक्त गर्नुभएको छ। त्यसको लागि अमेरिका-चीन व्यापार संघले सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु