फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा मध्य-शरद पर्व मनाउँदै

(GMT+08:00) 2019-09-13 18:19:57

आज 13 तारिख चिनियाँ पात्रोअनुसार परम्परागत मध्य-शरद पर्व हो। केही दिनयता चीनका विभिन्न क्षेत्रमा परम्परागत तथा लोकप्रिय साँस्कृतिक कार्यक्रमको आयोजना गरिएका छन्।

चीनमा मध्य-शरद पर्व वसन्त चाडपछिको महत्वपूर्ण चाड हो। यसै दिनमा बाहिरी क्षेत्रमा रहेका मान्छेहरूले घरमा फर्केर बुवा-आमासँगै बसेर रमाइलो रूपमा भेला हुने गर्दछन्। त्यसैले मध्य-शरद पर्व "थ्वान युआन चे" चाड पनि भनिन्छ।

मध्य-शरद पर्वमा "युए पिङ्ग" नामक रोटी खाने रीतिरिवाज छ। युए पिङ्ग नामक रोटी पूर्णिमाको चन्द्रमाको आकार जस्तै बनाइएको हुन्छ जसमा केही टुक्रा-टुक्रा चीज-बीजहरु राखिएका हुन्छन्। हाल बजारमा विविध स्वादको"युए पिङ्ग" रोटीको विक्री पनि ज्यादै लोकप्रिय छ। मध्य-शरद पर्वले चीनको परम्परागत लोकप्रिय सँस्कृतिको उतराधिकार गरेको छ। हाल झन्झन् बढी युवाहरूले मध्य-शरद पर्वको परम्परागत साँस्कृतिक कार्यक्रमहरू मन पराउँछन्।

जानकारी तथा लेखहरु