फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको विकासलाई अघि बढाउने महत्वपूर्ण शक्ति

(GMT+08:00) 2019-09-13 18:38:41
दक्षिण-दक्षिण सहयोग नै विश्वको विकासलाई अघि बढाउने महत्वपूर्ण शक्ति हो र विकासोन्मुख मुलुकले यस्तो सहयोग सक्रियताका साथ गरिरहेकोबाट अन्तर्राष्ट्रिय समाजमा सहयोग तथा साझा विजयको क्षेत्रमा नयाँ जीवन्त शक्ति थपेको छ र नयाँ बाटो खोलिएको छ। उक्त कुरा संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले १२ तारिख राष्ट्र संघको 'दक्षिण दक्षिण सहयोग दिवस' समारोहमा भन्नुभएको हो।

चाङले सम्बोधन गर्दै भन्नुभएको छः 'चीनले बेल्ट एण्ड रोड संयुक्त निर्माणलाई अघि बढाउँदै संयुक्त छलफल, निर्माण, बाँड्नु भन्ने सिद्धान्तमा खुलापन, हरित, सत्यनिष्ठाको पालना गरिरहेको छ।' उच्च मापदण्ड, जनजीवनको लागि लाभकारी दिगो विकास लक्ष्य लिएर चीनले सम्बद्ध मुलुकको आर्थिक वृद्धि तथा सामाजिक विकासलाई राम्रोसँग प्रवर्द्धन गरिरहेको बताउँदै उहाँले व्यापक विकासोन्मुख मुलुकसँगै मिलेर चीनले विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्दै विश्व आर्थिक परिचालन प्रणालीमा विकासोन्मुख मुलुकहरूको बोल्ने अधिकार तथा विकासको सम्भावनालाई विस्तार गरिरहेको छ।

सो सम्मेलनमा सहभागी विभिन्न पक्षहरूले दक्षिण-उत्तर सहयोग प्रधान विकासको मूल स्थितिको संरक्षण गर्दै विश्वव्यापी विकास साझेदारी सम्बन्ध स्थापना कार्यलाई सबल पार्दै विकासोन्मुख मुलुकहरूको साझा हितको संयुक्त संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु