फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मित्रता देखाउने सक्रिय आदान-प्रदान झन् बढी भएर झन् राम्रो हुने

(GMT+08:00) 2019-09-13 18:46:43
चीनले 13 तारिख सम्बन्धित व्यवसायलाई यसै दिनदेखि बजारगत सिद्धान्त र डब्लुटीओको नियम अनुसार अमेरिकाबाट भटमास तथा सुँगुरको मासु लगायत कृषि उत्पादनको आयात गर्न समर्थन गरेको छ। साथै चीनले त्यस सम्बन्धि आयातका लागि थप भन्सार कर हटाएको छ। जसले मित्रता देखाएर समस्याको समाधान गर्ने सदिच्छा व्यक्त गरेको छ।

दुई दिनमा मात्रै चीनले अमेरिकाका लागि थप भन्सार कर असुल्ने पहिलो चरणको सामानमध्ये पहिलोपटक बढाएको भन्सार कर हटाउने सूची सार्वजनिक गरेको थियो। त्यसपछि अमेरिकाले थप भन्सार कर असुल्ने समय अक्टोबर १ तारिखदेखि 15 तारिखसम्म पछि सारेको थियो। त्यसै गरी चीनले नयाँ आयातित अमेरिकी कृषि उत्पादनका लागि थप भन्सार कर हटाउने व्यक्त गरेको छ। चीन र अमेरिकाबीचको सक्रिय आदान-प्रदानले आपसी केन्द्रिय चासोको सामना गर्न दुवै पक्षको प्रयासलाई उजागर गरेको छ। दुवै पक्षले आयोजना हुन लागेको तेह्रौं आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलका लागि सक्रिय सर्तको सिर्जना गरिरहेका छन्।

विश्वका दुई सबैभन्दा ठूला आर्थिक समूहको हैसियतमा चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक समस्या ज्यादै जटिल भएकाले समाधानका लागि समय चाहिन्छ। चीनले व्यापारिक युद्ध चर्किँदै गएकोमा दृढताका साथ विरोध गरेको छ। दुई पक्षले राष्ट्रनायकबीचको सहमति बमोजिम समान तथा सम्मानभावका साथ शान्ति कायम राख्ने, आपसी विश्वास बढाउने, सहमति विस्तार गर्ने गरी दुवै पक्षबाट स्वीकार्य तथा आपसी हितकर र विजयसहित आर्थिक तथा व्यापारिक सन्धि सम्पन्न गर्ने आशा चीनले गरेको छ। यो दुवै चीन तथा अमेरिकाका हित र अन्तर्राष्ट्रिय समाजको प्रतिक्षासँग अनुकूल भएको छ।

जानकारी तथा लेखहरु