फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले पनि अमेरिकी कृषि उत्पादित वस्तुमाथि थप भन्सार कर सूची हटाउने

(GMT+08:00) 2019-09-13 18:50:33

चीन राष्ट्रिय विकास तथा सुधार समिति तथा वाणिज्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार, हालै अमेरिकाले अक्टोबर १देखि अमेरिकातर्फ निर्यात चिनियाँ उत्पादित वस्तुमाथि थप भन्सार कर असुल्ने कदमलाई हेरफेर गर्ने निर्णय गरेकोले बजारमूलक सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम बमोजिम सम्बद्ध चिनियाँ कम्पनीले अमेरिकाबाट केही परिमाणको भटमास तथा सुँगुरको मासु लगायतका कृषि उत्पादित वस्तु किन्न चीनले समर्थन गरेको छ।

चीनको राज्य परिषद भन्सार कर निर्धारण समितिले ती अमेरिकी कृषि उत्पादित वस्तुहरूलाई भन्सार कर असुल्ने सूचीबाट हटाउने छ। विशाल चिनियाँ बजारबाट अमेरिकी उच्च गुस्तरिय कृषि उत्पादित वस्तुलाई भित्र्याउने फराकिलो भविष्य भएको र अमेरिकाले आफ्नो वचन कार्यान्वयन गर्दै दुई देशबीच कृषि सहयोगको लागि राम्रो वातावरण सिर्जना गर्ने आशा चीनले लिएको सम्बद्ध चिनियाँ विभागहरूले जनाएका छन्।

जानकारी तथा लेखहरु