फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय मानव अधिकार परिषदको बहसमा प्रणालीको स्थापनामा जोड

(GMT+08:00) 2019-09-14 14:38:17

राष्ट्र संघीय मानव अधिकार परिषदको 42औं बैठकले 12 तारिखदेखि 13 सम्म प्रजातान्त्रिक तथा निष्पक्ष अन्तर्राष्ट्रिय प्रणाली समस्या सम्बन्धी विशेषज्ञ बहसको आयोजना गरेको छ। सो अवसरमा विकासोन्मुख मुलुकले प्रजातान्त्रिक तथा निष्पक्ष अन्तर्राष्ट्रिय प्रणालीको स्थापना गर्न कडा आह्वान गरेका छन्।

चिनियाँ प्रतिनिधिले मानव अधिकारको सम्मान तथा संरक्षण प्रजातान्त्रिक तथा निष्पक्ष अन्तर्राष्ट्रिय प्रणालीमा महत्वपूर्ण विषय भएको कुरा व्यक्त गरेका छन्। अन्तरार्ष्ट्रिय मानव अधिकारको सहयोगमा विभिन्न मुलुकले "संयुक्त राष्ट्र संघको बडा-पत्र" र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको पालना गरेर अरू देशको सार्वभौमिकता, स्वतन्त्रता र प्रादेशिक अखण्डतालाई सम्मान गर्नुका साथै राजनीतिकरण तथा दोहोरो मापदण्डलाई छोड्नुपर्ने ठहर चीनले गरेको छ। विकसित मुलुकले अझ बढी जिम्मेवारी निर्वाह गरेर जनताको जीवन सुधार, शिक्षा तथा चिकित्सा लगायत आधारभूत प्रबन्धको निर्माणमा विकासोन्मुख मुलुकलाई पूँजी सहयोग दिनुपर्छ र बाध्यात्मक रूपमा आफ्नो विकासको मोडेल अरू देशमाथि लाद्नु हुँदैन।

तीसभन्दा बढी देश र गैर-सरकारी संगठनका प्रतिनिधिले सम्बोधन गरेर न्यायिक तथा उचित अन्तर्राष्ट्रिय प्रणालीको स्थापना गर्न सर्वसाधारणको सहभागिता तथा प्रजातान्त्रिक निर्णयको प्रत्याभूति र विद्यमान अन्तर्राष्ट्रिय कानून तथा नियमको पालना गर्नुपर्ने कुरा व्यक्त गरेका छन्। क्यूबा, पाकिस्तान, भेनेजुएला, उरुग्वे तथा सिरिया लगायत देशका प्रतिनिधिहरूले एकतर्फी रूपमा बाध्यात्मक नाकाबन्दीको नकारात्मक प्रभावबारे चासो व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु