फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

139 देशको प्रतिनिधित्वमा चिनियाँ प्रतिनिधिको आह्वान

(GMT+08:00) 2019-09-14 14:39:14
राष्ट्र संघीय जेनेभा कार्यालय तथा स्वीट्जर्ल्याण्डका अरू अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ प्रतिनिधि छन् स्युले 13 तारिख राष्ट्र संघीय मानव अधिकार परिषदको 42औं बैठकमा 139 देशको प्रतिनिधित्वमा "विकास अधिकारको पूर्ण साकार, विकासद्वारा सबै जनतामा फाइदा" विषयक संयुक्त वक्तव्य सार्वजनिक गर्नुभएको छ।

राजदूत छनका अनुसार, विकास मानव समाजको अत्यन्त मुख्य विषय हो। विभिन्न देश, विशेष गरी विकासोन्मुख मुलुकको सफल अनुभवले मानव अधिकारको यथार्थता तथा प्राप्तिका लागि विकास ज्यादै महत्वपूर्ण भएको पुष्टि गरेको छ।

वर्तमान एकपक्षीयतावाद तथा संरक्षणवाद निरन्तर फैलिएर विभिन्न देशबीचको विश्वास तथा समन्वय नै भंग गरेको छ। विभिन्न मुलुकको विकास असन्तुलित, असमावेशी र अपर्याप्त हुनुका साथै गरिबी र भोक हटाउन सकिएको छैन। विश्वव्यापी रूपमा विकास अधिकारको व्यवहार अपेक्षित स्तरमा पुगेको छैन। विभिन्न मुलुकले राष्ट्र संघीय "विकास अधिकार घोषणा" को निर्देशनमा विकास अधिकारलाई साकार तुल्याउन घच्घच्याउनुका साथै नयाँ सिर्जना, समन्वय, हरित, खुलापन र शेयरको विकास सिद्धान्तको पालना गरेर विकास अधिकारमा जनताको समान सहभागिता र हरेकको स्वावलम्वी जीवनको प्रत्याभूति गर्नुपर्ने राजदूत छनले प्रकट गर्नुभयो।

चिनियाँ प्रतिनिधिले 139 देशको प्रतिनिधित्वमा आह्वान गरेर व्यापक विकासोन्मुख मुलुकको इच्छा व्यक्त गरेका छन्। यसैगरी विकासोन्मुख मुलुकका प्रतिनिधिहरूले बेग्ला-बेग्लै रूपमा चिनियाँ प्रतिनिधि मण्डललाई धन्यवाद ज्ञापन गरेका छन्।

जानकारी तथा लेखहरु