फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकको विचार समूह अर्थात् थिंक ट्यांक अन्तर्राष्ट्रिय गोष्ठी ब्राजिलमा आयोजित

(GMT+08:00) 2019-09-14 16:32:08

ब्रिक्स मुलुकको विचार समूह अर्थात् थिंक ट्यांक अन्तर्राष्ट्रिय गोष्ठी १३ तारिख ब्राजिलको सेन्टपोल राज्य विश्वविद्यालयमा आयोजित भएको छ। ब्रिक्स मुलुकका विश्वविद्यालयहरू, विचार समूह अर्थात् थिंक ट्यांकहरू तथा अनुसन्धानालयका विद्वानहरूले 'ब्रिक्स मुलुकबीच डिजिटल आर्थिक सहयोगलाई गहन पार्ने' तथा 'ब्रिक्स मुलुकबीच वैज्ञानिक तथा प्राविधिक सहयोगको प्रवर्द्धन'बारे वैचारिक आदानप्रदान भएको छ।

'ब्रिक्स मुलुकमा नयाँ उद्योगको सुधार साझेदारी सम्बन्धः कार्यभार, बाटो तथा मोडल' भन्ने यस पटकको गोष्ठीको मुख्य विषय सूची हो। चीन, ब्राजिल, रूस, दक्षिण अफ्रिका तथा भारतका ११ वटा विश्वविद्यालय, विचार समूह अर्थात् थिंक ट्यांक तथा अनुसन्धानालयका १३ जना विद्वानले भाषण दिएका छन्।

सेन्टपोलका लागि चिनियाँ महावाणिज्यदूत छन पेचेले सम्बोधन गर्दै ब्रिक्स मुलुक सहयोगको दश वर्षभन्दा बढीको समयमा आर्थिक, राजनैतिक, मानवीय सांस्कृतिक क्षेत्रमा भएका सहयोग उपलब्धिमूलक भएको साथै जनताको लागि वस्तुगत लाभ ल्याइएको औंल्याउनुभयो। साथै ती सहयोगहरूबाट विकासोन्मुख मुलुकको सम्पूर्ण सामूहिक हितको संरक्षण, नव उदीयमान बजारमूलक मुलुकको बोल्ने अधिकारमा वृद्धि एवम् विश्व अर्थतन्त्रको स्थिरता तथा वृद्धिको लागि महत्वपूर्ण योगदान दिइएको विचार पनि छनले राख्नुभयो।

जानकारी तथा लेखहरु