फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी व्यापार नीति अमेरिकी व्यवसायको लागि अहितकर

(GMT+08:00) 2019-09-14 16:34:35

अमेरिकी उपभोक्ता प्रेस तथा बिजनेस च्यानल (सीएनबीसी)ले १३ तारिख सार्वजनिक गरेको एक सर्भेक्षणको नतिजा बमोजिम, अमेरिकी व्यवसायका उच्च महाप्रबन्धकहरू मध्येका लगभग ६५ प्रतिशतले आगामी आधा वर्षमा अमेरिकी व्यापार नीतिबाट कम्पनीको बिजनेसमा नराकात्मक प्रभाव ल्याइने ठहर गरेका छन्।

विश्वको शेयर बजारमा दर्ता गरिएका ठूला कम्पनी तथा निजी कम्पनीका सीएफओ लक्षित सो सर्भेक्षणमा उल्लेख भए अनुसार, सर्भेक्षणमा भाग लिएका आधाले अमेरिकी व्यापार नीतिको कारणले कम्पनीको खर्च अझै बढ्ने विचार व्यक्त गरेका छन्।

व्यापारको अनिश्चितताका कारण कम्पनीहरूमा लगानीको दवाव बढ्नेछ। विश्वको परिधिमा लगभग ३० प्रतिशत उच्च पदाधिकारीले आगामी १२ वर्षमा एशिया-प्रशान्त क्षेत्रको लगानी पनि घट्ने धारणा राखेका छन्।

जानकारी तथा लेखहरु