फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली कला, सम्पदा देखेर विदेशी पाहुना मोहित

(GMT+08:00) 2019-09-15 14:08:42

 काठमाडौं महानगरपालिकाको निमन्त्रणामा काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ विदेशी पाहुना आएका छन्। महानगरका अनुसार चीनको ल्हासाबाट मेयर क्वो क्वो, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आएका छन्। त्यसै गरी चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष च्याङ सिओहाङ पहिलो पटक नेपाल आएकी हुन्। विदेशी टोलीले शुक्रबार इन्द्रजात्रामा प्रत्यक्ष अवलोकन मात्रै गरेनन्। स्थानीय जनतासँग भलाकुसारीका साथै जीवित देवी कुमारीको पनि दर्शन गरेका थिए।

उपाध्यक्ष च्याङले काठमाडौंको मनोरम दृश्यले आफूलाई मोहित पारेको प्रतिक्रिया दिइन्। 'चीनमा हुँदा मैले नेपाल कला र संस्कृतिले भरिपूर्ण मुलुकको रुपमा सुनेकी थिएँ'उनले भनिन्, 'नेपालको बारेमा जे सुनेको थिएँ। त्योभन्दा अझै राम्रो पाएँ।' इन्द्रजात्रा, बसन्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, प्राकृतिक विज्ञान संग्रहालय, चन्द्रागिरिलगायतका उपत्यकाका ऐतिहासिक तथा मनोरम दृश्यले उनको ध्यान खिच्न सफल भएको थियो। 'यहाँ कला संस्कृतिले मात्रै होइन्। यहाँका जनता पनि त्यतिकै सहिष्णू पाएँ,' उनले भनिन्, 'यहाँका जनताले आफ्नो कला संस्कृति जोगाउन गरेको प्रयासको जति प्रशंसा गरे पनि पुग्दैन।'

जीवन्त इतिहास बोकेको काठमाडौंका ऐतिहासिक र कलात्मक सम्पदा र नेपाली जनताको स्वतस्फूर्त स्वागतले विदेशी पर्यटक खुसीले दंग देखिएको नागरिकन्यूजले लेखेको छ।

जानकारी तथा लेखहरु