फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विस्तार हुँदै दूरसञ्चार बजार

(GMT+08:00) 2019-09-15 14:16:14
नेपालमा करिब तीन वर्ष अघिदेखि सुरु भएको फोरजीका प्रयोगकर्ता करिब ४० लाख पुगेका छन्। साथै यस वर्षको असारसम्म दूरसञ्चार प्रयोगकर्ताको सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार मात्र थियो। यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सबैभन्दा धेरै बढेको छ। तथ्याङ्क अनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन्।

अघिल्लो आवको सुरुवातमा दुई करोड दुई लाख ५० हजार ग्राहक रहेकोमा असारसम्म दुई करोड २६ लाख ९६ हजार पुगेको छ। मोबाइलबाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

त्यस्तै मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने एक वर्षमा केवल ६८ हजार छ सय मात्र थप भएका छन्। एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार पुगेको छ। जुन गत वर्ष साउनमा एक करोड ६५ लाख ६८ हजार थियो। दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा एक लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ। स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन्।

पहुँचका हिसाबले अहिले जनसङ्ख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिन्छ। मोबाइल प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालमा करिब तीन वर्ष अघिदेखि सुरु भएको फोरजीका प्रयोगकर्ता करिब ४० लाख पुगेका छन्। एनसेलले सन् २०२० भित्र देशका प्रमुख ४० सहरमा फोरजी सेवा विस्तार गर्ने योजना अन्तर्गत काम गरिरहेको छ। नेपाल टेलिकमले देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ। दसैँअघि नै बीसवटा सहरमा फोरजी पुर्याउने र माघसम्म देशैभर पुर्याउने योजनामा टेलिकमले काम गरिरहेको छ।

जानकारी तथा लेखहरु