फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको कदर गरौं"-जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन हरारेमा कलात्मक प्रदर्शन आयोजित

(GMT+08:00) 2019-09-22 18:58:04
जिम्बावेका लागि चिनियाँ राजदूतावास र जिम्बावेको चीन-अफ्रिका आर्थिक तथा सांस्कृतिक आदान-प्रदान केन्द्रको संयुक्त आयोजनामा "चीनको कदर गरौं"-जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा कलात्मक प्रदर्शनी सेप्टेम्बर २१ तारिख जिम्बावेको राजधानी हरारेमा भव्यताका साथ मनाइएको छ। जिम्बावेका सरकारी अधिकृतहरु, जिम्बावेका लागि विभिन्न देशका राजदूतहरु, चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु र स्थानीय बासिन्दाहरु लगायत सयौं मानिसहरूले उक्त रोचक प्रदर्शन अवलोकन गरेका छन्।

प्रदर्शन अघि जिम्बावेका लागि चिनियाँ राजदूत को शाउ छुनले नयाँ चीन स्थापना भएको ७० वर्षमा चीनको महान उपलब्धिको पुनःअवलोकन गर्नुका साथै चीन र जिम्बावे असल साथी, असल दाजु-भाई तथा असल साझेदार रहेको भन्दै प्रशंसा गर्नुभयो।

जिम्बावेकी रक्षा मन्त्री ओपाह मुचिङगुरीले जन गणतन्त्र चीन स्थापना भएको ७० वर्षको अवसरमा हार्दिक बधाई व्यक्त गर्दै चीन र जिम्बावेले आपसी सांस्कृतिक आदान-प्रदान तथा सहयोगलाई निरन्तर रुपमा गहन पारी दुई मुलुकका जनता बीचका जानकारी तथा मित्रतालाई अघि बढाउने व्यक्त गरिन्।

जानकारी तथा लेखहरु