फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका विभिन्न मुलुकका प्रतिनिधिहरुद्वारा नयाँ चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त

(GMT+08:00) 2019-09-22 18:59:38
नयाँ चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव मनाउने कार्यक्रम विश्वका विभिन्न ठाउँमा निरन्तर शुरु भएका छन्। हालै संयुक्त राष्ट्र संघका लागि विभिन्न मुलुकका धेरै प्रतिनिधिहरुले न्युयोर्कमा नयाँ चीनलाई शुभकामना दिएका छन्। प्रतिनिधिहरुले चीनको विकास उपलब्धिमाथि उच्च मूल्याङकन् गर्दै चीनले अन्तर्राष्ट्रिय सहयोग, विश्वको संयुक्त विकास र समृद्धिलाई अघि बढाउँदै गरेको सक्रिय योगदानप्रति प्रशंसा गरेका छन्।

संयुक्त राष्ट्र संघका लागि रुसी आवासिय प्रतिनिधि राजदूत वास्सिली नेबेन्जियाले चीनले विगत केही दशकमा विशाल उपलब्धि हासिर गरेर हाल विश्वको मुख्य आर्थिक शक्ति मध्येको एक बनिसकेको र धेरै वर्षदेखि चीन र रुस सम्बन्धको उच्च स्तर विकासले विश्वमा शान्ति र स्थिरता बनाउन निरन्तर रुपमा जीवन्त शक्ति थपेको व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्र संघका लागि कजाकिस्तानका आवासीय प्रतिनिधि राजदूत काइरत उमरावले चीनले आफ्नो आर्थिक विकास तथा उपलब्धिलाई विश्वसँगै बाँड्ने इच्छा लिएको र चीनले प्रस्तुत गरेको बेल्ट एण्ट रोड प्रस्तावले वरिपरिका मुलुकमा विकास तथा समृद्धि ल्याएको बताउनुभयो।

जानकारी तथा लेखहरु