फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिसिटिभीको कृषि तथा ग्रामीण च्यानल आधिकारिक रूपमा सुरू, राष्ट्राध्यक्ष सीद्वारा शुभकामना व्यक्त

(GMT+08:00) 2019-09-23 18:06:24

आज सेप्टम्बर २३ तारिख चीनको दोस्रो "चिनियाँ किसान अन्नबाली दिवस" हो। आज चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष सि चिन फिङले सिसिटिभीको कृषि तथा ग्रामीण च्यानलमार्फत किसानहरु तथा कृषि सम्बन्धि कमरेडहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले सिसिटिभीको कृषि तथा ग्रामीण च्यानल आधिकारिक रूपमा सुरू भएको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले कडा मेहनतले अवश्य पनि बाली भित्रिने बताउनुहुँदै गाउँघर तथा कृषि क्षेत्रमा हासिल उपलब्धिहरू सम्पूर्ण पार्टी र देशको संयुक्त प्रयासको परिणाम मात्र नभइ किसान तथा कृषि मजदुरहरूको कडा परिश्रमको परिणाम भएको औंल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले सिसिटिभीको कृषि तथा ग्रामीण च्यानलले केन्द्रिय पार्टीको कृषि, किसान तथा गाउँघर सम्बन्धि नीति तथा कार्य व्यवस्थालाई गहन रुपमा व्यवहारमा उतार्ने र नयाँ युगमा नयाँ रूपबाट गहन रुपमा प्रसारण गर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु