फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापना भएको ७०औँ वर्षको महान उपलब्धि प्रदर्शनीको सी चिन फिङद्वारा अवलोकन

(GMT+08:00) 2019-09-23 19:17:21

जन गणतन्त्र चीन स्थापना भएको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा हाल पैचिङ प्रदर्शन हलमा "महान यात्रा, शानदार उपलब्धि" शीर्षक प्रदर्शनी जारी छ। सेप्टम्बर २३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङसँगै चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारका नेतागणले उक्त प्रदर्शनको अवलोकन गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले नयाँ चीन स्थापना भएको ७० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले समस्त चीनका जनतालाई नेतृत्व गरी विभिन्न कठिन मोडमा जीत हासिल गरी चमत्कारिक विकास गरेको बताउनुभयो। ७० वर्षयता चीनले पाएको महान प्रगतिबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादको आधारमा तथा सुधार तथा खुलापनसँगै चिनियाँ विशेषतायुक्त समाजवादको बाटो हिँडेर मात्रै चीनको विकास सम्भव रहेको प्रमाणित भएको पनि सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु