फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व जलवायु परिवर्तनको सामना गर्न चीनले सक्रिय गतिबिधि चालिरहेको

(GMT+08:00) 2019-09-24 19:05:43

संयुक्त राष्ट्र संघको जलवायु कार्य शिखर सम्मेलन २३ तारिख न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना भएको छ। सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि एवम परराष्ट्रमन्त्री वाङ यीले चीनले संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारूप सन्धि र पेरिस सम्झौताको कर्तव्यको दत्तचित भएर पालना गरी समयमै योगदान लक्ष्यलाई पूरा गर्ने व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले जलवायु परिवर्तनको सामना गर्ने आफ्नो वचन दोहोर्याएबाट जिम्मा लिने ठूलो मुलुकको अठोट र जिम्मेवारी देखिएको छ।

ठूलो मुलुकको रूपमा जिम्मेवार बनेको चीनले जलवायु परिवर्तनको सामनालाई आफ्नो दीगो विकासको आन्तरिक मांग र मानव भाग्य समुदायको रचना गर्ने जिम्माको रूपमा राखेको छ। विश्व जलवायु परिवर्तन व्यवस्थापनको मुख्य अवधिमा हरेक मुलुकले कोशिश तथा सहयोग गरेर पेरिस सम्झौताको पालना गर्नुपर्छ। यस प्रकृयामा चीनले अवश्य सक्रिय गतिबिधि चालिरहनेछ।

जानकारी तथा लेखहरु