फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विकासको नयाँ इञ्जिनबाट विश्वको अन्तर्क्रियालाई बढाइने

(GMT+08:00) 2019-09-25 18:43:31

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले २५ तारिख पैचिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा संचालनमा आएको घोषणा गर्नुभएको छ। पैचिङको नयाँ ल्याण्डमार्क, चीनको नयाँ परिचय र भविष्यमा विश्वको महत्वपूर्ण यातायात हबको रूपमा रहेको तासिङ अन्तर्राष्ट्रिय विमानस्थल चीनको विकासलाई सेवा प्रदान गर्ने र बेल्ट एन्ड रोड अन्तर्क्रियालाई बढाउने नयाँ इञ्जिन हुनेछ।

निर्माणको चार वर्षपछि पैचिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई नवीन सिर्जना, हरित, खुलालगायत चीनको विकास अवधारणा देखाएको छ साथै मानवआधारित डिजाइन तथा विचार पनि सम्पूर्ण रूपमा देखाएको छ र व्यापक प्रशंसा पनि पाएको छ। बेलायतको द गार्दियनले उक्त विमानस्थललाई विश्वको सात वटा चमत्कारको अग्रस्थानमा राखेको छ। अमेरिकी सीएनएनले त्यसलाई सन् २०१९ को विश्वकै सबैभन्दा उत्साहजनक निर्माणवस्तुको रूपमा चित्रण गरेको छ।

तासिङ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएबाट पैचिङमा दुई वटा अन्तर्राष्ट्रिय हब विमानस्थल बोकेको शहर बनेको छ र यी दुई विमानस्थलको वार्षिक आवतजावतको परिमाण पच्चीस करोड यात्रु पुग्ने अनुमान छ जसबाट मानव प्रवाह, रसद, रकम प्रवाह, सूचना प्रवाहको उच्च प्रभावकारी संकलन हुनेछ र ठूलो आर्थिक विकास शक्ति प्रदान गरिनेछ।

तासिङ अन्तर्राष्ट्रिय विमानस्थल पैचिङ, थ्येन चिन, ह पैको केन्द्रमा पर्छ त्यसैले व्यापक यातायात नेटवर्कको रूपमा रहेको उक्त विमानस्थलबाट यी तीन क्षेत्रमा एक घण्टाभित्र पुग्नसकिनेछ यसरी नै यी तीन क्षेत्र विशेष गरी स्युङ आन नयाँ क्षेत्र यहाँबाट विश्वसँग जोडिनेछ भने अन्तर्राष्ट्रिय आवत-जावत र सेवा तथा व्यापारको नवीन सिर्जनालाई बढाएर अरू खुला हुनेछ।

साथै भविष्यमा चीन तथा विश्वको व्यापक यातायात हबको रूपमा रहेको तासिङ अन्तर्राष्ट्रिय विमानस्थल विस्तारै बेल्ट एन्ड रोड वायु कोरिडोरको महत्वपूर्ण स्टेशन हुनेछ। अझै बढी अन्तर्राष्ट्रिय उडान संचालन हुँदा उत्तर-पूर्वी एशिया, मध्य-एशिया, युरोप सामु तासिङ अन्तर्राष्ट्रिय विमानस्थलको एयर क्षमताको थप विकास हुने संभावना छ साथै बेल्ट एन्ड रोड वरिपरिका मुलुक तथा क्षेत्रसँगको आवत-जावत र सम्पर्क पनि अझ घनिष्ठ भएर अझै व्यापक आदानप्रदान, संयुक्त समृद्धि, संयुक्त विकास हुनेछ।

शहर विकासको प्रमुख शक्ति यातायात हो। पैचिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा संचालनमा आएबाट चीनको विकासमा नयाँ इञ्जिन प्रदान गरिनेछ जसले ठूलो क्षमता बोकेर विश्वको अन्तर्क्रियालाई बढाउन नयाँ योगदान गर्नेछ।

जानकारी तथा लेखहरु