फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङको समृद्धि तथा विकासमाथि हिलो छ्याप्नु हुँदैन

(GMT+08:00) 2019-09-25 18:49:55

सेप्टेम्बर २५ तारिख सिन्च्याङ युगुर स्वायत्त प्रदेश शान्तिपूर्ण रूपमा मुक्त भएको ७०औं वार्षिकोत्सव हो। दीर्घकालदेखि विकासको चरण पार गर्दै सिन्च्याङ चीनको एक गरिब सीमा क्षेत्रबाट विदेशका लागि खुलापन तथा सुधारको नीति बोकेको चीनको उत्तर पश्चिमी क्षेत्रको एक ढोका भएको छ। तर केही पश्चिमाहरूले सधैं सिन्च्याङलाई लक्षित गरी भ्रम फैलाउन र बदनाम गर्ने काम गर्दैआएका छन्। हालै अमेरिकी उपराष्ट्रपति र परराष्ट्र मन्त्री आदि राजनीतिज्ञहरुले सिन्च्याङको आतंकवाद विरोध तथा धार्मिक नीतिमाथि झूटो आरोप लगाएका छन्।

यसको प्रतिकार गर्दै चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले उनीहरुको कर्तुतमाथि कडा प्रतिक्रिया दिनुभएको छ। उहाँले न्युयोर्कमा अमेरिका चीन सम्बन्ध राष्ट्रिय परिषदलगायतका संस्थाद्वारा आयोजित राजभोजनमा सिन्च्याङको धर्म तथा संस्कृतिको संरक्षण र चरमपन्थी तथा आतंकवादीद्वारा सिन्च्याङमाथि सिर्जना गरिएको आतङ्क, सिन्चाङद्वारा लागू गरिएको आतंकवाद रोक्ने कदम, सिन्च्याङको शिक्षा तथा तालिम केन्द्रको परिचय तथा यसको प्रभाव गरी चार क्षेत्रमा प्रकाश पार्नुभएको छ। उहाँका अनुसार सिन्च्याङले कानूनबमोजिम आतंकवादको विरोध गर्ने श्रृँखलाबद्ध कदम लागू गर्नु नै चिनियाँ कानून मात्र नभइ अन्तर्राष्ट्रिय साझा सिद्धान्तसित अनुकूल छ। सिन्च्याङममाथि हिलो छ्याप्ने जस्ता कर्तुत पूरा हुने छैन।

जानकारी तथा लेखहरु