फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ मामिलामा अमेरिकाको हस्तक्षेपबाट आफू र अन्य मुलुकमाथि हानी

(GMT+08:00) 2019-09-26 19:28:40

२५ तारिख अमेरिकी संसदको प्रतिनिधि सभा र सिनेटको विदेश समितिले केही साँसदद्वारा प्रस्तुत "सन् २०१९ हङकङ मानव अधिकार र प्रजातन्त्रिक कानून मस्यौदा"पारित गरेको छ। मानव अधिकार र प्रजातन्त्रको निहुँमा हङकङका उग्र व्यक्ति तथा हिँसात्मक तत्वलाई समर्थन दिँदै हिँसात्मक रुपमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको अमेरिकाले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिन्द्धान्तलाई गम्भीर ध्वस्त पारेको छ। जसबाट केही अमेरिकीहरुले हङकङलाई अराजक बनाउँदै चीनको विकासमा बाधा सिर्जना उत्पन्न गराउने कुचेष्टा गरेको देखिएको छ। चीनले उक्त कर्तुतको कडा निन्दा र विरोध गरेको छ।

तथाकथित "हङकङको मानवअधिकार तथा प्रजातन्त्र कानून मस्यौदा"ले हरेक वर्ष हङकङको स्वायत्त अवस्थाबारे निश्चित गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ। त्यसो भए मात्रै "सन् १९९२ अमेरिका-हङकङ नैतिक ऐन"बमोजिम हङकङलाई स्वतन्त्र भन्सार कर क्षेत्रलगायत विशेष लाभ दिने निर्णय गर्नेछ। हङकङ मामिला सम्पूर्ण चीनको आन्तरिक मामिला हो भने त्यसमाथि अमेरिकाको हस्तक्षेप गर्ने कुनै हैसियत छैन। त्यसबाट केही अमेरिकी विश्व प्रहरी बन्ने प्रभूत्व विचार स्पष्ट रूपमा देखिएको छ।

ती अमेरिकीहरूले हङकङ कानून मस्यौदासम्बन्धी समीक्षा अघि बढाउने गतिबिधिलाई तुरून्तै रोक्नुपर्छ। हङकङको हित र चीनको हितलाई बिगार्ने कुनै पनि गतिबिधिमाथि कडा प्रतिकृया जनाइने छ।

जानकारी तथा लेखहरु