फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयद्वारा "नयाँ युगको चीन र विश्व" नामक श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2019-09-27 15:58:17

जन गणतन्त्र चीन स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले आज अर्थात् २७ तारिख "नयाँ युगको चीन र विश्व" नामक श्वेतपत्र सार्वजनिक गरेको छ। चिनियाँ प्रचार उप-मन्त्री एवम् चिनियाँ राज्य परिषदका प्रेस कार्यालयका प्रमुख स्यु लिनले श्वेतपत्रमा "चीन कहाँबाट आउँछ, कहाँ जान्छ", "धेरै विकास गरेको चीन विश्वमा कसरी बस्ने" आदि विषयबारे चीनको विकास उपलब्ध, विकास बाटो, विकास प्रवृत्तिलाई गहन रुपमा उल्लेख गरिएको बताउनुभयो।

श्वेतपत्रमा सत्तरी वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको धेरै ठूलो परिवर्तन भएको र विशेषत अठारौं महाधिवेशनदेखि चीनको विकासले ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको तथा ऐतिहासिक परिवर्तनहरू भएको उल्लेख छ।

श्वेतपत्रमा सत्तरी वर्षदेखि चीनको आर्थिक सफलताको मुख्य कारण चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताहरुले चीनको विशेषतायुक्त समाजवादको विकास बाटोलाई पहिल्याएको उल्लेख गरिएको छ।

श्वेतपत्रमा चीनको विकास विश्वका लागि मौका भएको र धम्की तथा चुनौती नभएको पनि उल्लेख छ। विश्व आर्थिक वृद्धिको मुख्य शक्ति चीनको आर्थिक विकास भएको र चीनले अन्तर्राष्ट्रिय समाजलाई अझ बढी उत्पादन उपलब्ध गराउने र अरु विकासोन्मुख मुलुकका लागि अनुभव बाँड्ने उल्लेख छ।

जानकारी तथा लेखहरु