फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको चमत्कार विश्वलाई मौका

(GMT+08:00) 2019-09-27 16:03:29

नयाँ चीन स्थापना भएको ७० वर्षयता भएका ठूलो उपलब्धिबारे अन्तर्राष्ट्रिय समूहलाई अचम्म लाग्दा सबैले थाहा पाउन खोज्छ कि चीन कहाँबाट आएको हो अनि अब फेरि कहाँ जानेछ? चीन कस्तो विश्वको निर्माण तर्फ अग्रसर छ? चीनले विश्वसँग कसरी सम्बन्ध संयोजन गर्छ? ती प्रश्नको जवाफ दिन चीन सरकारले सेप्टम्बर २७ तारिख नयाँ युगमा चीन र विश्व शीर्षकको श्वेत पत्र प्रकाशित गरेको छ जसले स्थिति र तथ्याङ्कको आधारमा चीन र विश्वबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय समूहको मुख्य नजरबारे व्याख्या गरी विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक रहिरहन चीन अडिग रहेको घोषणा गरेको छ भने जिम्मेवार ठूलो मुलुकको इमानदारिता, अठोट र जिम्मेवारी पनि देखाएको छ।

मानव जातिको विकास प्रकृयामा सत्तरी वर्ष एकदम छोटो छ तर नयाँ चीनको लागि निकै ठूलो फड्को हो चिनियाँ जनताले आत्मनिर्भरता र अथक प्रयासमा दशौँ वर्षको समयमा विकसित मुलुकले सयौँ वर्षमा पाएको विकास प्रकृया या मानव जातिको इतिहासमा देख्न नपाएको विकास चमत्कारको सिर्जना गरी विश्वको शान्ति र विकासमा सक्रियता थपेको छ। श्वेतपत्रले नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता राष्ट्रिय आर्थिक शक्ति स्पष्ट रूपमा बलियो, जनजीवनमा ठूलो सुधार, अन्तर्राष्ट्रिय समूहमा चीनको प्रभाव स्पष्ट उकासिएको ऐतिहासिक प्रकृयाबारे समीक्षा गरेको छ साथै चीनले विश्वसँगको सम्पर्क र अन्तर्क्रियाबाट विकास भएको र आफ्नो विकासबाट विश्वको शान्ति तथा विकासलाई बढाएको उल्लेख गरेको छ।

विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको चीन आफ्नो बाटो हिँड्न, आफ्नो कार्य गर्न अडिग रहिरहेको छ यो नै चीनले विश्वको शान्ति तथा विकासको लागि गरेको सबैभन्दा ठूलो योगदान हो। विशाल मुलुकको रूपमा रहेको चीनले शान्तिपूर्ण रूपमा आधुनिकिकरणतिर विकास भएबाट अवश्य नै विश्वलाई सर्वनिश्चित प्रभाव पार्नेछ।

चीनको यति ठूलो विकास हुनसक्छ? अन्तर्राष्ट्रिय समूहलाई रूचि लागेको उक्त विषयबारे श्वेतपत्रले पनि गहिरो रूपमा व्याख्या गरेको छ तीमध्ये निकै महत्वपूर्ण कारण यस्तो छ अर्थात् पहिलो, चीनले आफ्नो विकाससँग अनुकूल रहेको बाटो भेट्टाएको छ। दुई, बलियो देश पक्कै पनि प्रभूत्व जमाउने भन्ने ऐतिहासिक नियम होइन। प्रशान्त टापुहरू विकास मञ्चका महासचिव फ्रान्नकोइस मार्टेलले पनि भन्नुभएको छ चीनको सबै कामको लक्ष्य आपसी हित र फाइदा रहेको छ साथै आफ्नो सोचाइ अरूमाथि थुपार्ने होइन।

नयाँ युगमा चीनले कसरी परिवर्तन अवस्थाको सामना गर्नेछ अनि विश्वलाई के दिनेछ? त्यसबारे चर्चा गर्दै श्वेतपत्रले सहयोग गर्दै एकआपसलाई फाइदा पुग्ने र साझा विकासमा चीन अडिग रहेर विश्व व्यवस्थापन प्रणालीको सुधार र निर्माणमा सक्रिय रूपमा भाग लिने उल्लेख गरेको छ। यो नै चीनले विश्वलाई दिएको वचन हो त्यसबाट चीनले अझ खुला तथा उदार धारणा लिएर विश्वसँग सक्रिय अन्तर्क्रिया राखी एकआपसबीच अरू विकास मौका प्रदान गर्ने देखिएको छ।

विश्व राम्रो भए मात्रै चीन राम्रो हुनसक्छ भने चीन राम्रो भए मात्र विश्व अझै राम्रो हुनसक्छ। यो विगत सत्तरी वर्षमा चीनको विकास अभ्यासले प्रमाण गरेको विषय हो साथै भविष्यमा चीनले अरू विकास गर्नका लागि पाउनुपर्ने युगको प्रमुख प्रवृत्ति पनि हो। अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तन भए पनि र चीन आफू जसरी विकास भए पनि चीनले जहिले पनि प्रभूत्व, विस्तार, प्रभाव क्षेत्र खोजेको छैन। अझै राम्रो र सुन्दर विश्वको निर्माण गर्न थप योगदान गर्नेछ।

जानकारी तथा लेखहरु