फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापनाको ७०औँ वार्षिकोत्सव समारोह सिनेमा हलमा प्रत्यक्ष प्रसारण गरिने

(GMT+08:00) 2019-09-27 18:48:47

नयाँ चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा अक्टोबर १ तारिख मनाइने समारोह चाइना मिडिया ग्रुपले सिनेमा हलमा फोर के उच्च परिभाषा संकेतसँगै प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।

चाइना मिडिया ग्रुपका अनुसार, चिनियाँ सिने इतिहासमा फोर के उच्च परिभाषा संकेत सिनेमासँग जोडिएको यो पहिलो हो। प्रत्यक्ष प्रसारण सिनेमाको रूपमा रहने'यो समय-नयाँ चीनको ७०औँ जन्मदिवसको संयुक्त समारोह'शीर्षकको उक्त फिल्ममा वार्षिकोत्सव समारोहसँगै सैन्य परेड र मास परेडलगायतका भव्य समारोहको प्रदर्शन गरिनेछ।

सेप्टेम्बर २७ तारिख उक्त फिल्मको उद्घाटन समारोह पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख एवम सीएमजीका महानिर्देशक शन हाइ स्युङलगायतका व्यक्तिहरू उक्त उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।

जानकारी तथा लेखहरु