फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निरन्तर कोशिश बहादुरलाई चढाइने सबभन्दा ठूलो श्रद्धा हो

(GMT+08:00) 2019-09-29 14:58:03

सेप्टेम्बर २९ तारिख जन गणतन्त्र चीनको राष्ट्रिय पदक र राष्ट्रिय मान पदवी पुरस्कार समारोह पैचिङमा आयोजना भएको छ सो अवसरमा चीनका शिर्ष नेता सी चिन फिङले ४२ जना चिनियाँ तथा विदेशीलाई गणतन्त्र पदक, मित्र पदक र राष्ट्रिय मान पदवी पुरस्कार प्रदान गर्नुभएको छ। सी चिन फिङले पुरस्कृत सबैलाई उच्च श्रद्धा चढाउँदै चीनले उहाँहरूको ईमानदारिता, लगनशीलता, विशिष्ट सरल चरित्रको प्रचार गर्न बहादुरलाई उच्चतम पुरस्कार दिएको साथै बहादुर भावनाको प्रशंसा प्रदर्शन गरेको बताउनुभएको छ।

इतिहास जनताले लेखेको हो भने जनताको श्रेष्ठ प्रतिनिधिको रूपमा रहेको बहादुरले मानव समाजको व्यापक प्रशंसा पाएको छ। हाल विश्वमा धेरै मुलुकले योग्य तथा इमानदारी मान्यता प्रणालीको स्थापना गरी आ-आफ्ना देशको विकास र समाजको प्रगतिको लागि श्रेष्ठ योगदान गरेका व्यक्तिमाथि प्रशंसा गरेर स्वदेशका जनतालाई नमूना प्रदर्शन गरेका छन्। पाँच हजार वर्षको सभ्यता बोकेको चीनले पनि बहादुरको वकालत गरी गहिरो बहादुरी भावना लिइरहेको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता चीनले कानूनमार्फत राष्ट्रिय वार्षिकोत्सव थप्ने, बहादुर शहीद संरक्षण ऐन र राष्ट्रिय पदक तथा राष्ट्रिय मान पदवी ऐनको तयारी तथा संचालन गर्ने आदि व्यवहारिक कार्वाही गरेबाट समस्त जनताले युगान्तकारी परिवर्तन गरी नयाँ चीनको निर्माण तथा विकासका लागि श्रेष्ठ योगदान गरेका बहादुरलाई कहिले बिर्सन नसकिने र उहाँहरूले समस्त समाजको प्रशंसा र समान पाउन लायक भएको देखिएको छ।

"ईमानदारी, लगनशील, सरल" राष्ट्राध्यक्ष सी चिन फिङले गणतन्त्र पदक र राष्ट्रिय मान पदवी पाएका व्यक्तिहरूलाई गर्नुभएको उच्चतम प्रशंसा हो जसबाट बहादुरको चरित्रसम्बन्धी चिनियाँहरूको सामान्य बुझाइ र राष्ट्रिय भावनामाथि चिनियाँहरूको सरल बुझाइ देखिएको छ। ती पदक पाउनुभएका उक्त ३६ जना व्यक्तिले आ-आफ्ना पदमा "ईमानदारी, लगनशील, सरल" प्रयास गरी सबैलाई प्रमाणित गर्नुभयो कि सुदृढ आदर्श विश्वास, निरन्तर कोशिश भावनाआधारमा हरेक सामान्य काम राम्रोसित गरेमा जो कोही साधारण व्यक्तिले पनि असाधारण जीवन प्राप्त गर्नसक्छ साथै साधारण कार्यबाट असाधारण उपलब्धि पाउन सकिनेछ।

ध्यानाकर्षण भएको कुरा के हो भने अरू छ जना विदेशी मित्रले विदेशीका लागि चीनको सबैभन्दा उच्च मान पदवी अर्थात मित्र पदक पाउनुभयो। क्युबा, थाइल्याण्ड, तान्जानिया, रूस, फ्रान्स र क्यानाडाका ती छ जना व्यक्तिले नयाँ चीनको आधुनिकिकरण निर्माण र चीन-विदेश आदान-प्रदान र सहयोगको क्रममा श्रेष्ठ योगदान गर्नुभएको छ।

बहादुरहरूले मानवजातिको इतिहास बनाएको छ भने भविष्यको विकास पनि अरू बहादुरले निरन्तर विकास गर्नुपर्छ। हाल विश्वमा ठूलो परिवर्तन देखिएको छ र चीन नयाँ युगमा प्रवेश भएको अवस्थामा बहादुरलाई समान गर्ने र सिक्ने निकै महत्वपूर्ण भएको छ। हामी सबै चिनियाँहरूले बहादुरको "ईमानदारी, लगनशील, सरल" भावना लिएर चीन राष्ट्रको महान पुनःउत्थानलाई व्यवहारमा उतार्न र मानव भाग्यको समुदाय लक्ष्यको पालना गर्न दृढता लिइरहनुपर्छ। यो नै बहादुरलाई गरिने सबैभन्दा ठूलो श्रद्धा हो।

जानकारी तथा लेखहरु