फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन वैदेशिक लगानीको आकर्षक गन्तव्य

(GMT+08:00) 2019-09-30 14:06:12

'अझ उच्चस्तरिय खुलापन तथा उच्चगुणस्तरिय विकासको प्रवर्द्धन' नामक कार्यक्रम सेप्टेम्बर २९ तारिख जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रम प्रेस केन्द्रमा आयोजित भएको छ। चीनको वाणिज्य मन्त्रालयका जिम्मेवार व्यक्तिले सो कार्यक्रममा सम्बोधन गर्दै चीनको खुलापनको ढोका ठूलो बन्दै भइरहेको पृष्ठभूमिमा चीन विदेशी लगानीकर्तालाई आकर्षित गर्ने गन्तव्य रहिरहेको जानकारी दिनुभयो। विदेशी व्यवसायहरूले लगानी गर्न सेवा तथा सुविधा प्रदान गर्नको लागि चीनले अझ राम्रो व्यापार मैत्री वातावरण सिर्जना गर्दै जाने छ।

सो कार्यक्रममा चीनका वाणिज्य मन्त्री चोङ नानशानले जानकारी दिनुभए अनुसार, बितेका ७० वर्षमा चीनमा प्रयोग गरिने विदेशी लगानी तथा वैदेशिक लगानीको संख्या शून्यदेखि १ खरब ३८ अरब ३० करोड अमेरिकी डलर तथा १ खरब ४३ अरब अमेरिकी डलर भएको छ जुन विश्वको दोस्रो स्थानमा पुगेको छ। विशेष आर्थिक क्षेत्र, विकास क्षेत्र, स्वतन्त्र व्यापार परिक्षण क्षेत्र, स्वतन्त्र व्यापार बन्दरगाह होस वा विदेशी लगानी सम्बन्धि ३ वटा कानूनदेखि 'विदेशी व्यापार लगानी ऐन'सम्म चीनको खुलापनको ढोका ठूलो बनिरहेको र विदेशी लगानीलाई मन पर्ने ठाउँ बनिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयका उप-मन्त्री एवम् अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शोवनले संकेत दिँदै भविष्यमा चीनले खुलापन विस्तार गर्दै अझ न्यायोचित, पारदर्शी र सुविधाजनक व्यापारिक वातावरण सिर्जना गर्दै जाने छ।

जानकारी तथा लेखहरु