फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङलगायतका नेताहरूद्वारा शहीद स्मृति दिवसमा पुष्पगुच्छा अर्पण

(GMT+08:00) 2019-09-30 14:13:03

सेप्टेम्बर तीस तारिखका दिन चीनको "शहीद स्मृति दिवस" हो। सोही दिन बिहान जनताका हिरोलाई पुष्पगुच्छा अर्पण समारोह पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना भएको छ। राष्ट्राध्यक्ष सी चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेताहरूले राजधानीका विभिन्न क्षेत्रका चार हजार जना प्रतिनिधिसँग उक्त समारोहमा उपस्थित भई शहीदप्रति सम्झना गर्नुका साथै देशका शहीदप्रति सम्मान गर्नुभएको छ।

चालू वर्ष जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव हो। तथ्यांकअनुसार, करीब दुई करोड चिनियाँ शहीदको राष्ट्रिय स्वतन्त्रता, जनताको मुक्ति र देशको समृद्धि, जनताको सुखमय जीवनका लागि शहादत प्राप्त गरेका थिए।

बिहान दश बजे पुष्पगुच्छा अर्पण समारोह शुरु भएको थियो। सबैले जन गणतन्त्र चीनको राष्ट्रिय गीत गाउँदै चिनियाँ जनताको मुक्ति का‍र्य र देशको निर्माण कार्यका लागि मृत्युवरण गरेका शहीदहरूप्रति मौनधारण गर्नुभयो। त्यसपछि पार्टी र देशका नेताहरूले जनताका शहीद स्मारकको अवलोकन गर्नुभयो।

जानकारी तथा लेखहरु