चीन अहिले अमेरिकापछि अनुसन्धान तथा विकासमा लगानी गर्ने दोस्रो मुलुक हो। चीनका अनुसन्धाता तथा विकासकर्मीको संख्या लगातार छ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। चीनको प्रतिलिपिको निवेदन मात्रा लगातार आ ठ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। चीन विश्वको बौद्धिक सम्पदा अधिकारको ठूलो मुलुक बनिसकेको छ।
गत शताव्दीको नब्बे दशकमा चीनले विज्ञान र शिक्षाले देशलाई धनी बनाउने रणनीति प्रस्तुत गरेको थियो। हाल चीनले विश्वको वैज्ञानिक तथा प्राविधिक शक्तिशाली देशको रणनीति प्रस्तुत गरेको छ। चीन स्वाधीन आविष्कार र बौद्धिक सम्पदा अधिकारको संरक्षणमा अडिग रहेको छ।