फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीन स्थापनाको सत्तरी‌औं वार्षिकोत्सवमा, सै‍न्य परेड

(GMT+08:00) 2019-09-30 18:46:36

अक्टोबर एक तारिख बिहान जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव समारोह पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। त्यसपछि सैन्य परेड र नागरिक प्रदर्शनको आयोजना गरिने छ। त्यस अवधिमा रेडियो, टेलिभिजन, वेभसाइटले उक्त सम्मेलन, सैन्य परेड र नागरिक प्रदर्शनको प्रत्यक्ष प्रसारण गर्ने छन्।

थाहा भएअनुसार, अक्टोबर एक तारिख बेलुकी पैचिङस्थित थ्येन आन मन चोकमा राष्ट्रिय दिवसको साँस्कृतिक तथा कलात्मक कार्यक्रमको आयोजना हुने भएको छ।

जानकारी तथा लेखहरु