फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण विकास गर्ने चीन विश्वलाई स्थिर पार्ने मुख्य शक्ति

(GMT+08:00) 2019-09-30 19:05:24

सन् २००९मा बेलायती विद्वान मार्टिन यार्कले लेखेको 'चीनले विश्वको नेतृत्व गर्दा' नामक किताब नै पश्चिमी शास्त्रीय क्षेत्रमा चर्चित भयो। आफ्नो ऐतिहासिक तथा सांस्कृतिक अद्वतियता भएको चीनले पश्चिमी मुलुकसँग फरक भएको आधुनिक बाटोमा हिंडेर विश्वको मूल स्थितिको गहन रूपमा परिवर्तन गर्ने ठहर सो किताबमा उल्लेख गरिएको छ। १० वर्षपछिको आज सो किताबमा उल्लेखित ठहरहरू प्रमाणित भएका छन्। हालै चीन सरकारले प्रकाशित गरेको 'नयाँ युगमा चीन तथा विश्व' श्वेत-पत्रमा यसरी लेखिएको छः बितेका ७० वर्षमा चिनियाँहरूले आफ्नो भरमा आफ्नो विकास गरिरहेको साथै विश्वको शान्ति तथा विकासको लागि सकारात्मक शक्ति थपिरहेको छ।

शान्तिपूर्ण विकास नै मानवजातिको समाजको साझा लक्ष्य हो। शान्तिलाई प्राथमिकता दिने संस्कृति बोक्ने ठूलो मुलुक जनगणतन्त्र चीन स्थापित भएको ७० वर्षयता जहिले पनि युद्ध वा संघर्ष गराएको छैन र अन्य मुलुकको भूमिमा आफ्नो कब्जा जमाएको पनि छैन। यसबारे चर्चा गर्दै अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले यसरी मूल्याङ्कन गर्नुभएको छः चीनले एक पैसा पनि युद्धमा फालेको छैन।

विद्वान मार्टिन याक लगायतका विद्वानहरूले चीनमा घनिष्ट नजर पुर्याउनुको कारण के हो भने ऐतिहासिक तथा वर्तमान आयामबाट चीनको शान्तिपूर्ण विकासबारे ब्याख्या गर्न खोजिरहेका छन्। बलियो बनिरहेको चीनबाट विश्वका लागि के के ल्याउन सक्नेछ? चीनको विकासको कारणले विश्व कुन दिशातिर मोडिनेछ? नयाँ चीन स्थापना भएको ७० वर्षको इतिहासबाट यथेष्ठ रूपमा प्रमाणित गरिएको छः शान्तिपूर्ण विकासमा हिंडिरहेको चीनले विश्वको शान्तिको लागि प्रशस्त योगदान दिइरहेको छ भने चीनको कारणले विश्व अझ स्थिर बनिरहेको छ।

सर्वप्रथम, चीनले आफ्नो संस्कृतिमा रहेको शान्तिका कारक तत्व र आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा माँगलाई जोडेर अन्तर्राष्ट्रिय समाजको लागि मूल्यवान विचार तथा बुद्धि प्रदान गरिरहेको छ। जस्तै भनौं, चीनले प्रस्तुत गरेको शान्ति सह-अस्तित्वका पाँच सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड र अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त बनिसकेको छ। साथै चीनले प्रस्तुत गरेको बेल्ट एण्ड रोड अवधारणाबाट विश्वको संचालन प्रणालीको सुधारलाई अघि बढाइरहेको छ।

वर्तमान विश्व परिस्थितिमा उतार चढाव तथा संकटको सामना गर्दा चीनले व्यवहारिक कार्वाहीले ठूलो जिम्मेवार मुलुकको कर्तव्यलाई व्यवहारमा उतारिरहेको छ। कोरियाली प्रायद्वीपको आणविक समस्या, इरानको आणविक समस्या लगायत क्षेत्रीय चर्चित समस्याहरूको राजनैतिक समाधानका क्षेत्रमा चीनले रचनात्मक भूमिका निर्वाह गरिरहेको छ र अन्तर्राष्ट्रिय समाजबाट सराहना पाएको छ।

वर्तमान विश्वमा कोहीले शीत युद्धको विचार राखिरहेका छन् र जसबाट विश्वको शान्ति र विश्वासमा गम्भीर असर पारिरहेको छ। यस्तो पृष्ठभूमिमा चीनले शान्तिपूर्ण विकासको बाटोमा दृढताका साथ अघि बढ्दै अन्तर्राष्ट्रिय समाजसँगै दुवै पक्षको लागि हितयुक्त र साझा विजयको प्रयास गरिरहेको छ। जसबाट विश्वको भावी विकास प्रक्रियामा गहिरो प्रभाव ल्याइरहेको छ। शान्तिपूर्ण विकासपथमा हिंडिरहेको चीनले अझ ठूलो मौका सिर्जना गर्दै विश्व शान्तिको निर्माता र स्थिरताको इन्जिन स्वरूप अघि बढ्दै जाने छ।

जानकारी तथा लेखहरु