फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको स्वागत समारोह

(GMT+08:00) 2019-09-30 19:40:49

जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव स्वागत समारोह सेप्टेम्बर तीस तारिख बेलुकी जन वृहत सभा भवनमा आयोजना भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त स्वागत समारोहलाई सम्बोधन गर्नुभएको छ।

ली ख छ्याङले उक्त स्वागत समारोहको अध्यक्षता गर्नुभएको छ। ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल चि, हान चङ, वाङ छि शान उक्त स्वागत समारोहमा उपस्थित हुनुभएको छ। चार हजार जना चिनियाँ तथा विदेशीले उक्त स्वागत समारोहमा सहभागिता जनाए।

सी चिन फिङले चिनियाँ महान जनता, चिनियाँ राष्ट्र विशाल राष्ट्र, चिनियाँ सभ्यता विशाल सभ्यता हो भन्दै पाँच हजार वर्षभन्दा लामो सभ्यता इतिहास रहेको, नयाँ चीनको सत्तरी वर्षको विशाल उपलब्धि हासिल गर्ने चिनियाँ जनता र चिनियाँ राष्ट्रले चिनियाँ सपना साकार तुल्याउने क्रममा अझै नयाँ र अझै सुन्दर युगको अध्याय कोर्नसक्ने विश्वास लिएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु