फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण विकास नै विश्वप्रति चीनको दृढ वचन

(GMT+08:00) 2019-10-01 16:22:43

मंगलबार अर्थात् अक्टोबर १ तारिख पैचिङस्थित थेनआनमन चोकमा जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव समारोह भव्यताका साथ आयोजित भयो र विश्वको ध्यानाकर्षण बन्यो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो कार्यक्रममा महत्वपूर्ण भाषण दिँदै बितेका ७० वर्षयता चीनले महान उपलब्धि हासिल गरेको पुष्टि गर्नुभयो। अघि बढ्दै जाने बाटोमा चीनले पाँच वटा क्षेत्रमा जनताको मागलाई पूरा गर्दै सम्पूर्ण देशको एकीकरणको लागि प्रयास गर्दै जाने छ साथै विश्वका विभिन्न मुलुकका जनतासँगै मिलेर चीनले मानव जातिको संयुक्त भाग्य समुदाय निर्माणको लागि कोशिस गर्दै जाने छ।

सन् १९४९को अक्टोबर १मा जनगणतन्त्र चीन स्थापित भयो। चिनियाँहरूले मानवजातिको शान्तिपूर्ण विकासको लागि ठूलो योगदान गरिरहेका छन्।

वर्तमान विश्वमा चीनले चिनियाँ राष्ट्रको महान पुनरूत्थान लक्ष्यको कार्यान्वयन गरिरहेको छ। चीनका सर्वोच्च नेता सी चिनफिङले सम्बोधन गर्दै चीनले पाँच वटा क्षेत्रमा पालना गर्नुपर्नेमा जोड दिनुभएको छ।

'चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, जनताको प्रधान स्थान तथा चिनियाँ विशेषतायुक्त समाजवादी बाटो पालना गर्नुपर्छ।' यी ३ वटा पालना नै बितेका ७० वर्षमा चीनले विकासको क्रममा पाएको सबैभन्दा ठूलो प्रकाश हो र भविष्यमा नयाँ चमत्कार सिर्जना गर्ने सिद्धान्त पनि हो।

'शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्था' नीतिको पालना गर्नु नै चीनले देशको एकीकरणलाई साकार तुल्याउने सिर्जनात्मक विचार र सबैभन्दा राम्रो उचित तरिका पनि हो जुन हङकङ तथा मकाउमा सफल रूपमा प्रमाणित भएको छ। भविष्यमा चीनले हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि तथा स्थिरतालाई कायम राख्नुका साथै थाइवान जलडमरूका दुई किनाराबीचको शान्तिपूर्ण विकासलाई अघि बढाउने विश्वास पनि गरिएको छ।

'शान्तिपूर्ण विकासको बाटोको पालना गर्नु' नै सी चिनफिङले नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताले विश्वसमक्ष दिएको दृढ वचन हो। यो नै अचल रणनैतिक छनौट र गम्भीर वचन पनि हो। भविष्यमा विश्वको शान्ति तथा विकासको सकारात्मक शक्तिमा चीन रहिरहने छ।

७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ। नयाँ चीन स्थापित भएको ७०औं वार्षिकोत्सव स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एकतालाई नै चीनले निरन्तर रूपमा प्रगति हासिल गरेको महत्वपूर्ण प्रत्याभूति हो भन्ने प्रकाश पार्नुभएको छ।

शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु