|
|
|
|||||||||
|
||

जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको मनोरञ्जनात्मक कार्यक्रम अक्टोबर १ तारिख राति पैचिङ थेन आन मन चोकमा भब्यताका साथ आयोजना गरिएको छ।

त्यस कार्यक्रममा मुख्य विषयको अभिनय, मनोरञ्जनात्मक अभिनय, नर-नारीको रमाइलो गतिविधि र आतिशबाजी प्रदर्शन यी चार भाग समावेश छन्। हजारौं नर-नारीहरू त्यस कार्यक्रममा सहभागी भएका छन्।

चीनका विभिन्न स्थानका विविध जातिका जनताहरूले चोकमा रमाइलो साथ जातीय नाचगान गर्दै उनीहरूको स्वतन्त्र, जिवन्त, खुसीयाली भावना अभिव्यक्त गरेका छन्।

सुन्दर आतशबाजीलाई आकाशको उच्च, मध्य र तल तहमा गरिएकाले भूमि र आकाश दुवै जोडिएको निकै रङ्गीचङ्गी दृश्य देख्न पाइएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||