फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ भावनाबाट चीनको चमत्कार सिर्जना गरिँदै

(GMT+08:00) 2019-10-02 13:47:10

अक्टोबर १ तारिख चीनमा जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ। विश्वव्यापी दर्शकहरूले टेलिभिजन वा इन्टर्नेटमार्फत पैचिङमा अवस्थित थेनआनमन चोकमा भएको सैन्य परेड तथा सर्वसाधारण परेडको प्रत्यक्ष प्रसारण हेरेर नयाँ चीन स्थापित भएको ७० वर्षमा हासिल गरिएका विशाल उपलब्धिको साक्षी बस्दा चिनियाँ राष्ट्रको रगतमा बगिरहेको एकता तथा संघर्षको भावनाको अनुभव गरेका छन्। चीनका सर्वोच्च नेता सी चिनफिङले जनगणतन्त्र चीन स्थापित भएको ७० औं वार्षिकोत्सव स्वागत समारोहमा भन्नुभए जस्तै, एकता नै चिनियाँ जनता तथा चिनियाँ राष्ट्रले अघि जाने बाटोमा जुनसुकै किसिमको खतरा तथा चुनौतीको सामना गर्दा नयाँ नयाँ विजय हासिल गर्ने महत्वपूर्ण प्रत्याभूति हो।

एकता नै शक्ति हो। बितेका ७० वर्षमा चिनियाँ जनताले व्यवहारिक रूपमा यस वाक्यको अर्थको ब्याख्या गरिरहेका छन्। १ अरब ४० करोड जनसंख्या भएको ठूलो मुलुक चीनको लागि राम्रो जीवन बिताउनको लागि संघर्ष गर्नुपर्छ र अन्य उपाय छँदै छैन। बितेका ७० वर्षमा चीनले आफ्नै भरमा कठिनाइ पार गर्दै संघर्ष गरिरहेको छ। यसै क्रममा चीन गरिब र कमजोर मुलुकबाट विश्वको दोस्रो ठूलो आर्थिक एकाइ बनेको छ। साथै जनजीविकाका सामग्रीको अति अपुग अवस्थाबाट मुक्त गरिएको छ। ८५ करोड गरिब जनसंख्या गरिबीबाट मुक्त गरिएर दिनप्रतिदिन विश्वको मञ्चको केन्द्र बिन्दुमा नजिकिँदै गइरहेका छन्।

एकता तथा संघर्ष भन्ने भावना चिनियाँ राष्ट्रको रगत तथा जीनमा पाइन्छ। हजारौं वर्षको इतिहासमा चिनियाँहरूले एकतावद्ध भएर सहिष्णुता तथा खुलापनको नीति लागू गरेर एकीकृत बहु जातिय मुलुक स्थापित गर्ने क्रममा एकले अर्कालाई सहयोग गर्ने चिनियाँ राष्ट्रको ठूलो परिवार बन्यो। चिनियाँहरूलाई स्पष्टसँग बुझ्छन कि संसारमा बसेर केही काम नगरीकन सुख पाउने सम्भावना छैन। बरू संघर्षमार्फत बल्ल सुखी जीवन पाउन सकिन्छ।

एकता तथा संघर्ष भन्ने भावनाको श्रोत परिवार तथा देशप्रति चिनियाँहरूको प्रगाढ माया ममता हो। प्राचीन काल होस वा वर्तमान युगमा बराबर देखिन्छ। देशको सार्वभौमसत्ता तथा भूभागको अक्षुण्णताको सम्बन्धमा टाढा रहेका विदेशमा अध्ययनरत युवा चिनियाँहरूले आफ्नो देशभक्तिको भावना पोख्ने गर्छन् र यस्तो भावना एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै गइरहेको छ।

एकता तथा संघर्षको भावनाबाट चिनियाँहरूमा आत्म विश्वास बढेको छ। बेलायती बजार सर्भेक्षण संस्था इप्सोस मोरीले यसै वर्ष जुलाईमा सार्वजनिक गरेको जनमत बमोजिम, देशको विकास बाटोप्रति चिनियाँहरूको विश्वास ९४ प्रतिशत पुगेको र बेलायत, फ्रान्स अमेरिका लगायत अन्य मुलुकसँगको दाँजोमा सबभन्दा बढी भएको छ।

इतिहासको कुनै समयभन्दा आजको चीनले चिनियाँ राष्ट्रको पुनरूत्थान भन्ने महान लक्ष्यलाई साकार तुल्याउने सम्भावना सबभन्दा ठूलो देखिन्छ।

गत वर्षको अन्तमा न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा यसरी उल्लेख गरियो कि अघि बढ्दै जाने चीनको पाइला भरखरै शुरू भएको जस्तो देखिन्छ। ७० वर्ष पार गर्दै एकतावद्ध तथा संघर्षरत चिनियाँहरूले भविष्यमा अझ बढी विकासका चमत्कार सिर्जना गर्ने छन् र विश्वको लागि अझ बढी मौका सिर्जना गर्ने विश्वास छ।

जानकारी तथा लेखहरु