फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन "खेलकुदको ठूलो मुलुकबाट" हुर्केर "खेलकुदको शक्तिशाली मुलुक" बन्दै

(GMT+08:00) 2019-10-02 15:28:55
सन् 2018को अन्त्यसम्म चिनियाँ खेलाडीहरूले जम्मा 3 हजार 4 सय 58 वटा विश्व उपाधि जितेका छन् भने 13 सय 32 पटक विश्व कीर्तिमान सिर्जना गरेका छन्। चीनमा वर्तमान उत्कृष्ट खेलाडीको संख्या 25 हजारभन्दा बढी छ भने प्रशिक्षक र रेफ्रीको संख्या करीब 1 लाख 30 हजार पुगेको छ। सन् 2009 देखि हरेक वर्षको अगष्ट आठ तारिखका दिन "नागरिक कसरत दिन" निश्चित गरेको छ। हालसम्म चीनमा नागरिकको खेल स्थलको संख्या 31 लाख वटा भएको छ। कसरतमा करीब चालीस करोड जना संलग्न भए। हरेक वर्ष चीनमा दुई सय वटा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ। सन् 2017 मा खेलकुद व्यवसायको कुल मात्रा बीस खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो।

सन् 2008 पैचिङ ओलम्पिक खेलकुदमा चीनले 51 वटा स्वर्ण पदक जितेको थियो। चीन स्वर्ण पदकको पहिलो स्थानमा रहेको छ। तर बास्केटबल, फुटबल, ट्रयाक एण्ड फिल्डआदि क्षेत्रहरूमा चीन र विश्व स्तरबीच अन्तर रहेको छ। हालैका वर्षहरूयता चीनले खेलकुद कार्यको विकास ढाँचा बदलेर नागरिक कसरत गतिविधि चलाउने, सामाजिक शक्तिको प्रयोग गर्ने र खेलकुदको शक्तिशाली मुलुकको निर्माण गति प्रदान गर्ने लक्ष्य प्रस्तुत गरेको छ। हाल चीन खेलकुदको शक्तिशाली मुलुकको लक्ष्यतर्फ लम्किरहेको छ।

जानकारी तथा लेखहरु