फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सवको लागि उत्तर कोरियाका नेताको शुभकामना

(GMT+08:00) 2019-10-02 17:02:44

जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सवको लागि उत्तर कोरिया राज्य परिषद समितिका अध्यक्ष किम चोङउनले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सन्देशमा किमले नयाँ युग तथा दुई देशका जनताको साझा अपेक्षासँग मेल खाने आपसी मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध दिनप्रतिदिन सक्रिय तथा विकसित हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सी चिनफिङ नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवादी विचारको निर्देशनमा चिनियाँहरूले २ वटा शतवार्षिकी लक्ष्य कार्यान्वयन गर्दै चिनियाँ राष्ट्रको महान पुनरूत्थान भन्ने चिनियाँ सपनालाई साकार तुल्याउने विश्वास पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु