फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सवप्रति इजिप्टका राष्ट्रपतिको शुभकामना

(GMT+08:00) 2019-10-02 17:04:34

सेप्टेम्बर ३० तारिख इजिप्ट राष्ट्रपतीय भवनका पदाधिकारी होसाम जाटारले राष्ट्रपति अब्देल फाताह अल सीसीको तर्फबाट इजिप्टको लागि चिनियाँ दूताबास गएर चिनियाँ राजदूत ल्याउ ली छ्याङलाई नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सव प्रति राष्ट्रपति सीसीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको छ।

सन्देशमा राष्ट्रपति सीसीले राष्ट्राध्यक्ष सी चिनफिङ, मैत्रीपूर्ण चीन सरकार तथा जनतालाई हार्दिक मंगलमय शुभकामना दिँदै चिनियाँ जनताको सुखमय जीवन होस र महान चीन समृद्ध होस भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ। इजिप्टले चीनसँगै मिलेर आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई गहन तथा विकसित पार्दै दुई देश तथा जनताको अझ बढी हित-कल्याण सिर्जना गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु