फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवससम्बन्धी चलचित्रको 4-के क्यान्टोनिज संस्करण क्वाङ तुङ-हङकङ-मकाउ बृहत् खाडी क्षेत्रका सिनेमा घरहरूमा

(GMT+08:00) 2019-10-03 13:54:55

चाइना मिडिया ग्रुपको केन्द्रीय भिडियो एपद्वारा बनाइएको, केन्द्रीय भिडियो एप र चाइना मिडिया ग्रुपको बृहत् खाडी क्षेत्र आवाजद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको "यो क्षणमा-राष्ट्रिय दिवसको सत्तरीऔं वार्षिकोत्सवको भव्य समारोह"नामक ४-के प्रत्यक्ष प्रसारण क्यान्टोनिज संस्करणको चलचित्र राष्ट्रिय दिवसको अवसरमा क्वाङ तुङ-हङकङ-मकाउ बृहत् खाडी क्षेत्रका सिनेमा घरहरूमा प्रदर्शन गरिने छ। क्वाङ तुङ-हङकङ-मकाउ बृहत् खाडी क्षेत्रका असी वटा सिनेमा घरले सर्वप्रथम यो चलचित्रको प्रसारण गर्ने छन्।

चाइना मिडिया ग्रुप, हङकङको विशेष प्रशासनिक क्षेत्रका लागि केन्द्रीय सरकारको सम्पर्क कार्यालय, राष्ट्रिय चलचित्र व्यूरोले अक्टोबर दुई तारिख पैचिङमा चलचित्रबारे पत्रकार सम्मेलनको आयोजना गरेका थिए। चाइना मिडिया ग्रुपका निर्देशक शन हाई स्युङ, हङकङको विशेष प्रशासनिक क्षेत्रका लागि केन्द्रीय सरकारको सम्पर्क कार्यालयका उप प्रमुख याङ चेन, राष्ट्रिय चलचित्र व्यूरोका उप निर्देशक ली को छि उक्त पत्रकार सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु