फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पर्यावरणीय सभ्यता धारणाबाट विश्वको पर्यावरण तथा वातावरणमा सकारात्मक प्रभाव

(GMT+08:00) 2019-10-03 13:56:09
चीनले प्राकृतिक पर्यावरण प्रणाली र वातावरणीय संरक्षणको शक्तिलाई निरन्तर रुपमा बढाउनुका साथै पानी तथा माटोको क्षयीकरण र मरुभूमिकरणको नियन्त्रण गरेको छ। सन् 2000देखि संसारमा बढेको हरित क्षेत्रफलमध्ये एक चौथाइ चीनको वनस्पतिबाट लिइएको छ। चीनको प्राकृतिक आरक्षण क्षेत्रको संख्या 2750 वटा पुगेको छ। वायु, पानी, माटो प्रदूषणको नियन्त्रण तथा व्यवस्थापन स्थिरताका साथ अगाडि बढाइएको छ। विभिन्न प्रदूषित वस्तुको निष्काशन स्पष्ट रुपमा घटेको छ। सन् 2017मा चीनले वातावरणीय प्रदूषणमा 9 खर्ब 53 अर्ब 50 करोड चिनियाँ युआन लगानी गरेको थियो।

सामाजिक प्रगतिको साथसाथै चिनियाँहरूले वातावरणीय संरक्षणमा महत्व दिएका छन्। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "हरित पानी तथा हरित पहाड सुनौलो पहाड तथा चाँदी पहाड हुन्" भन्ने पर्यावरणीय सभ्यता धारणा प्रस्तुत गर्नुभएको छ। चीनको वातावरणीय संरक्षण कदम र पर्यावरणीय संरक्षण कदम आफ्नो मुलुकको वातावरणका लागि हितकर हुनुका साथै यो कदमले विश्वको जलवायु र वातावरण सुधार गर्ने, विश्वको पर्यावरण तथा वातावरणमा सकारात्मक प्रभाव पर्ने छ।

जानकारी तथा लेखहरु