फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्चस्तरिय खुलापनमार्फत् चीनले आर्थिक विश्वव्यापीकरणलाई बढाउँदै जाने

(GMT+08:00) 2019-10-03 14:10:37

पो सु फी कम्बोडियाकी एक जना सामान्य महिला हुन्। ७ वर्षअघिको तुलनामा हाल उनले घर तथा मोटरसाइकल किनिसकेकी छन् भने २ जना छोराछोरीको स्कूल शुल्क पनि तिर्नसक्ने भएकी छिन्। उनको जीवनमा आएको यो ठूलो परिवर्तनको कारण सिंहानुक आर्थिक विशेष क्षेत्रमा खोलिएको चिनियाँ कम्पनीले दिलाएको रोजगारी हो। सन् २००८मा स्थापना गरिएको सो विशेष क्षेत्र चीन तथा कम्बोडियाका उद्यमहरूको संयुक्त निर्माण हो भने यो नै चीनले खुलापनका क्रममा विश्वसँगै विकास मौका बाँड्न खोजेको एउटा सानो स्वरूप मात्र हो।

बितेका ७० वर्षमा चीनले मानवजातिको इतिहासमा नदेखिएको विकासको चमत्कार सिर्जना गरेको छ जसबाट प्रमाणित गरिएको छ कि सुधार तथा खुलापन नै वर्तमान चीनको भाग्यको फैसला गर्ने महत्वपूर्ण कदम हो। यस कदमबाट चीनको आर्थिक अवस्थाले फड्को मार्ने गरी परिवर्तन ल्याएको छ साथै विश्व अर्थतन्त्रलाई पनि लाभान्वित गराएको छ। सन् २००६ देखि यता चीनले विश्वको आर्थिक वृद्धिमा गरेको योगदान दर विश्वमा पहिलो स्थानमा रहिरहेको छ। यसबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व महाप्रबन्धक क्रिस्टिना लागार्देले भन्नुभयोः चीनको खुलापनको विस्तारबाट विश्वको लागि मौका हो। चीन विश्वको बजार र विश्वको कारखाना पनि हो। चीनमा विश्वको सबैभन्दा ठूलो उपभोग बजार हुनुका साथै विश्वमा सबै किसिमका औद्योगिकता भएको एउटै मात्र मुलुक भएकोले आपूर्ति श्रृंखला पूर्णताको विशेषता चीनसँग छ। चीनबाट निर्यात गरिएका उत्पादित वस्तु उच्च गुणस्तरिय भएकोले अन्तर्राष्ट्रिय बजारको फरक माँगलाई पूरा गर्नसक्छ र निर्यात गन्तव्य मुलुकका वासिन्दाहरूको खर्च घटेको छ जसबाट गन्तव्य मुलुकमा मुद्रास्फितिको दबावलाई कम पारिएको छ।

चीनको वैदेशिक लगानीले विश्वको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। बितेका ७० वर्षमा चीनको वैदेशिक लगानी शून्यबाट खरबौं अमेरिकी डलर बढेको छ जसबाट लगानी गन्तव्य मुलुकमा प्रशस्त रोजगारी मौका तथा कर आम्दानी भइरहेको छ।

महत्वपूर्ण कुरा के हो भने बितेका ७० वर्षमा विशेष गरी सुधार तथा खुलापन लागू भएयता चीनले हासिल गरेको ठूलो उपलब्धिबाट विकासोन्मुख मुलुकमा आधुनिकीकरण कार्यान्वयनको लागि हितयुक्त अनुभव प्रदान गरिएको छ।

बितेका केही वर्षमा चीन र विश्व अर्थतन्त्रबीचको अन्तर्क्रियामा नयाँ विशेषता देखा परेको छ। विश्वको अर्थतन्त्रभित्र चिनियाँ अर्थतन्त्रमाथिको निर्भरता बढ्दै आएको छ भने चीनको अर्थतन्त्र गार्हस्थ्य माँगबाट आर्थिक वृद्धि बढाउने दिशातिर मोडिरहेको छ जसबाट विश्व अर्थतन्त्रमा चीनको अर्थतन्त्र भर पर्ने दर घटाइँदै आएको छ। मक्केन्सी ग्लोबल इन्स्टिट्यूटले गत जुलाईमा सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, सन् २०००-२०१७ मा विश्वको अर्थतन्त्र चीनको अर्थतन्त्रमा भर पर्ने मिलिजुली सूचक ०.४-१.२सम्म बढेको छ भने विश्वको अर्थतन्त्रमा चीनले भर पर्ने सूचक ०.९-०.६सम्म घटेको छ।

हाल चिनियाँ उत्पादित वस्तु तथा सामग्री चल्ने खालको खुलापनबाट नियम अवस्था खालको खुलापनसम्म परिणत भइरहेको छ र चीनको चौतर्फी खुलापन नयाँ चरणमा प्रवेश भएको छ। यो नै बाह्य अवस्थाको अनिश्चितता बढेको पृष्ठभूमिमा चीनले जिम्मेवारीवोधको धारणाले आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउने संकेत हो। व्यापार संरक्षणवाद तथा एकपक्षीयतावाद बढ्दै आएको पृष्ठभूमिमा चीनले दृढताका साथ खुलापन विस्तार गर्दै जाने छ। किनभने गहन रूपमा चीन बुझ्छ कि सुधार तथा खुलापनलाई निरन्तर गहन पार्नु नै जुनसुकै किसिमको खतरा वा चुनौतीको सामना गर्ने निर्णायक कारक तत्व हो र अघि जाने बाटोमा प्रगति प्राप्त गर्ने समृद्ध विश्वको निर्माण गर्न चीनले आपसी हितयुक्त साझा विजयको खुलापनको रणनीतिमा निरन्तरता दिँदै जाने छ।

जानकारी तथा लेखहरु