फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ शैलीको गरिबी निवारणबाट विश्वव्यापी गरिबी निवारणलाई गतिशील पारिँदै

(GMT+08:00) 2019-10-04 15:13:35

जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा वर्णसंकर धानका पिता मानिने नामी चिनियाँ कृषि वैज्ञानिक ९० वर्षिय युआन लुङफिङलाई 'गणतन्त्र पदक' प्रदान गरिएको छ। नयाँ चीन स्थापनाको शुरूआतमा चीन विश्वमा सबभन्दा गरिब मुलुकहरूमध्येको एक थियो र सर्वसाधारणको खानेलाउने समस्या थियो। गत शताब्दीको ७० दशकमा वैज्ञानिक युआनले आविष्कार गरेको वर्णसंकर धान सफल भएपछि चीनले विश्वको ९ प्रतिशत जग्गामा विश्वको लगभग २० प्रतिशत जनसंख्यालाई खुवाएको देखिन्छ। चीनको अन्नबालीको उत्पादन परिमाण लगातार रूपमा विश्वको पहिलो स्थानमा रहिरहेको छ। साथै चीनमा भइरहेको गरिबी निवारण कार्यमा पनि विशाल उपलब्धि हासिल गरिएको छ। बितेका ७० वर्षमा चीनमा गरिबी अवस्थाबाट मुक्त जनसंख्या जम्मा गरी ८५ करोड भन्दा बढी पुगेको छ।

निर्धारित योजनानुसार, आगामी वर्षमा चीनमा अति गरिब अवस्थालाई उन्मूलन गर्ने लक्ष्य तोकिएको छ। विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीनले बितेका ७० वर्षमा गरिबी निवारण क्षेत्रका प्राप्त गरेको उपलब्धिबाट विश्वव्यापी गरिबी निवारण प्रक्रियालाई गतिशल पारिरहेको प्रत्यक्ष प्रभाव देखा परेको छ। चीनले संयुक्त राष्ट्र संघको गरिब निवारण लक्ष्यलाई पूरा गरेको छ साथै सकेसम्म एशियाली, अफ्रिकी तथा ल्याटिन अमेरिकी मुलुकहरूलाई राजनैतिक शर्तरहित सहयोग दिइरहेको छ। बितेका ७० वर्षमा चीनले जम्मा गरी १७० वटा मुलुक वा अन्तर्राष्ट्रिय संगठनलाई ४ खरब चिनियाँ युआन बराबर आर्थिक सहायताका साथै ६ लाखभन्दा बढी मानवीय सहयोगीहरू पठाएको छ। साथै चीनले ५००० वटा वैदेशिक सहयोग योजना लागू गरेको छ विकासोन्मुख मुलुकको लागि १ करोड २० लाखलाई तालिम दिइएको छ ती कामहरूबाट चीन एउटा ठूलो जिम्मेवार मुलुक भएको देखिन्छ।

चीनको गरिबी निवारण तरिका तथा अनुभवबाट विश्वव्यापी गरिबी निवारण कार्यको लागि चिनियाँ बुद्धि तथा योजना प्रदान गरिएको छ। शुरूको आर्थिक सहायता तरिकाबाट आजको सटीक लक्ष्यसहित गरिबी निवारणसम्म चीनका विभिन्न क्षेत्रमा पर्यटनमार्फत गरिबी निवारण, उद्योग व्यवसायमार्फत गरिबी निवारण, पर्यावरणीय तवरले गरिबी निवारण गर्ने विविध किसिमका तरिकाको प्रयोग भइरहेका छन्। ती तरिकाहरूमार्फत गरिबीग्रस्त क्षेत्रको दिगो विकास क्षमतालाई बढाइने चिनियाँ विशेषतायुक्त गरिबी निवारण बाटो बनेको छ। संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनिओ गुटेरेसले यसरी भन्नुभएको छः चीनमा लागू भएको सटीक लक्ष्यसहित गरिबी निवारण सबभन्दा गरिब जनसंख्यालाई सहयोग दिने उपाय हो र सन् २०३०को दिगो विकास लक्ष्यलाई साकार तुल्याउने एउटै मात्र उपाय हो।

जिम्मेवारी तथा गरिबी निवारण क्षेत्रमा अनुभवी मुलुक चीनले वैदेशिक खुलापन तथा सहयोगमा दुवै पक्षको लागि हितयुक्त विषयमा ध्यान दिँदै अन्य विकासोन्मुख मलुकको दिगो विकास क्षमतालाई बढाउन सहयोग दिइरहेको छ।

विश्व बैंकको एक प्रतिवेदन वमोजिम, चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड अवधारणाबाट सम्बद्ध मुलुकका ७६ लाख जनालाई अति गरिब अवस्थाबाट मुक्त पारिसकेको छ र ३२ लाख जनालाई मध्यस्तरिय गरिबी अवस्थाबाट मुक्त गरिएको छ।

भविष्यमा चीनले विश्वसँगै गरिबी निवारण अनुभव तथा उपलब्धि बाँड्दै नयाँ ढाँचाको अन्तर्राष्ट्रिय गरिबी निवारण सहयोग सम्बन्धको स्थापना गर्ने क्रममा योगदान दिँदै जाने छ। संयुक्त विकासको घामले मानवजातिको साझा समृद्धि हुने भविष्यलाई उज्ज्वल पार्ने चीनको अपेक्षा छ।

जानकारी तथा लेखहरु