फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआईबाट विश्वको साझा विकासको नयाँ मौका सिर्जना गरिँदै

(GMT+08:00) 2019-10-05 15:09:51

जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा चीनका सर्वोच्च नेता सी चिनफिङले धेरै पटक सम्बोधन गर्दै चिनियाँहरूले विश्वका विभिन्न मुलुकका जनतासँगै मिलेर 'मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण'लाई अघि बढाउने महत्वबारे पुष्टि गर्नुभएको छ। यो नै विश्वको शान्ति तथा विकास एवम् विश्वव्यापी संचालन र शासन व्यवस्थाका लागि प्रदान गरिएको चिनियाँ प्रस्ताव हो।

सन् २०१३को शरद ऋतुमा राष्ट्राध्यक्ष सीले 'रेशमी मार्ग आर्थिक पेटी' तथा '२१औं शताब्दी समुद्री रेशमी मार्ग'को संयुक्त निर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो र जसबाट बेल्ट एण्ड रोड अवधारणा उत्पन्न भयो। बितेका ६ वर्षमा सो अवधारणाबाट विश्वको आर्थिक वृद्धिको लागि नयाँ जीवन्त शक्ति पत्ता लगाइएको साथै विश्वको विकास असन्तुलन समस्याको लागि चिनियाँ बुद्धि प्रदान गरिएको छ। विश्व बैंकको अध्ययन प्रतिवेदन वमोजिम, बीआरआई अवधारणाबाट सम्बद्ध मुलुकका ७६ लाख जनसंख्यालाई अति गरिबी अवस्थाबाट मुक्त गरिने छ साथै ती मुलुकका ३ करोड २० लाख जनतालाई मध्यम स्तरीय गरिबी अवस्थाबाट उकासिएको छ। सम्बद्ध मुलुकको व्यापारिक वृद्धि दरलाई २.८-९.७ प्रतिशतसम्म बढाइने छ साथै विश्वव्यापी आम्दानीको वृद्धि दरलाई ०.७-२.९ प्रतिशतसम्म उकासिने छ। यस अवधारणा चीनबाट प्रस्तुत गरिएतापनि यसबाट ल्याइने मौका तथा प्रतिफल विश्वको लागि भनेर भन्न सकिन्छ।

साथै बीआरआई संयुक्त निर्माण नै विश्वमा शासन व्यवस्थालाई सुधार गरिने महत्वपूर्ण बाटो बनेको छ। बितेका ६ वर्षयता, बीआरआईबाट सम्बद्ध मुलुकहरू बीचको राजनैतिक विश्वास, आर्थिक मिलन तथा मानव संस्कृतिको जोडलाई सबल पारिरहेको छ। चालू वर्षको जुलाईको अन्तसम्म विश्वका १३६ वटा मुलुक तथा ३० वटा अन्तर्राष्ट्रिय संगठनले चीनसँग बीआरआई सहयोग दस्तावेजमा हस्ताक्षर गरेका छन्। 'मानवजातिको साझा भाग्य समुदायको निर्माण' भन्ने विचारलाई नै धेरै पटक गरी संयुक्त राष्ट्र संघको निर्णय-प्रस्तावमा राखिएको छ जसबाट अनिश्चितताले भरिएको विश्वको लागि पथ प्रदर्शन दिइएको छ र विभिन्न मुलुकको साझा हितसँग अनूकुल हुन्छ।

बितेका ६ वर्षको तथ्यबाट के प्रष्ट्याइएको छ भने बीआरआई ऋणको जालो होइन यो जनतालाई लाभान्वित गर्ने प्रस्ताव हो। यो भूराजनीतिको साधन होइन साझा विकासको मौका हो। चीनले प्रस्तुत गरेको विश्वमा सबभन्दा ठूलो सार्वजनिक उत्पादित वस्तु स्वरूप बीआरआई अवधारणाले अन्तर्राष्ट्रिय क्षेत्रबाट स्विकृति तथा स्वागत पाइरहेको छ।

बेलायती केम्ब्रिज विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयक वरिष्ठ अनुसन्धानकर्ता मार्टिन ज्याक्सले भनेजस्तै बीआरआई अवधारणामा एउटा विशाल अपेक्षा तथा यस अपेक्षाको कार्यान्वयन गर्ने हरेक पाइलालाई जोडेकोले आत्मविश्वास र बलियो देखिनु स्वाभाविकै हो जुन अवश्य नै सफल हुने छ।

जानकारी तथा लेखहरु