फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैज्ञानिक तथा प्राविधिक नवीनता नै चीनको विकासको अक्षय शक्ति

(GMT+08:00) 2019-10-06 14:38:10

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नब्बे वर्षिय चिनियाँ महिला वैज्ञानिक एवं नोबेल पुरस्कारको फिजियोलोजी मेडिकल अवार्डबाट पुरस्कृत थु योयोलाई 'गणतन्त्र पदक' प्रदान गरिएको छ। उनी र उनको टोलीले परम्परागत चिनियाँ चिकित्साको आधारमा आर्टेमिसिनबाट औलो रोगीको उपचार गर्ने उपाय पत्ता लगाएर विश्वव्यापी दशौं लाख औलो रोगीको ज्यान बचाएको छ। यो चिकित्सकीय उपलब्धि नयाँ चीन स्थापनाको ७० वर्षमा वैज्ञानिक विकास तथा प्रगतिको एक सानो रूप हो।

बितेका ७० वर्षमा चीनले आधारभूत विज्ञान अध्ययन क्षेत्रमा फड्को मार्ने गरी उपलब्धि हासिल गर्दै रासायनिक, सामग्री, भौतिक शास्त्र लगायत क्षेत्रहरूमा विश्वको अग्रसर स्थान ओगटेको छ र विश्वको नवीनताको नक्शामा दिनप्रतिदिन महत्वपूर्ण ध्रुव बनिरहेको छ।

बितेका ७० वर्षमा चीनले वैज्ञानिक प्राविधिक नवीन क्षेत्रमा प्राप्त गरेको उपलब्धिमूलक प्रगति राष्ट्रिय तहको उच्च महत्वसँग घनिष्ट रूपमा सम्बन्धित छ। बितेका ७० वर्षमा सर्वोच्च तहको डिजाइनबाट चीनको वैज्ञानिक प्राविधिक नवीनताको लागि निर्णायक पथप्रदर्शकको भूमिका निर्वाह गरिरहेको देखिन्छ। बितेका केही वर्षयता, चीन सरकारले उत्कृष्ट दक्ष व्यक्तिहरू, उच्चस्तरिय विज्ञान तथा प्रविधि, क्षमतायुक्त उद्योग व्यवसाय, बलियो अर्थतन्त्र र शक्तिशाली देशसमेत नवीन विकासको नयाँ बाटोबाट यात्रा गरिरहेको छ। हालसम्म चिनियाँ उद्यमहरूले सम्पूर्ण समाजमा अध्ययन तथा विकास क्षेत्र, अनुसन्धानकर्ता तथा आविष्कार क्षेत्रमा गरेको लगानी सम्पूर्ण लगानीको ७० प्रतिशत भन्दा बढी पुगेको छ। आलीबाबा, ह्वावै, टेन्सेन्ट लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमतायुक्त उद्यमहरूको छिटो विकास भइ एआई, ५-जी, हाइस्पिड रेल, मोबाइल भुक्तानी, नवीन ऊर्जा गाडी लगायत विविध क्षेत्रमा विश्वको अग्र स्थानमा पुगेका छन्।

चीनले वैज्ञानिक प्राविधिक विकासको स्पष्ट वातावरण सिर्जना गर्दै बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पारेको छ साथै वैज्ञानिक अध्ययन सम्बन्धि दक्ष व्यक्तिको हुर्काई, प्रयोग तथा प्रोत्साहन अवस्थालाई सुधार गर्दै सम्बद्ध बजेट पनि प्रतिवर्ष थपिरहेको छ। हालसम्म चीनमा आविष्कार आवेदन संख्या तथा प्राधिकरण संख्या विश्वको पहिलो स्थानमा पुगेको छ।

बितेका ७० वर्षमा विशेष गरी सुधार तथा खुलापन लागू भएको ४० वर्षमा चीनले आत्मनवीनता गरेको साथै हितयुक्त साझा विजय आधारित अन्तर्राष्ट्रिय प्राविधिक सहयोगमार्फत मानव जातिले सामना गर्ने समस्याको समाधान गर्दा उत्तम योगदान दिइरहेको छ। मकेन्सी विश्व अनुसन्धानालयले जानकारी दिए अनुसार, सन् २०४० सम्म चीन तथा विश्वका अन्य आर्थिक एकाइबीचको मिलनबाट २ अरब २० करोड-३ अरब ७० करोड अमेरिकी डलर बराबर मूल्य सिर्जना गरिने सम्भावना छ र यो संख्या विश्वको कूल आर्थिक परिमाणको १५-२६ प्रतिशत हुने छ।

भविष्यमा चीनले विश्वको वैज्ञानिक तथा प्राविधिक विकास प्रवाहसँग अनुकूल भई विश्व वैज्ञानिक प्राविधिक नेटवर्कमा प्रवेश गरेर विश्वको मुख्य विज्ञान केन्द्र तथा नवीन केन्द्र बन्न प्रयास गर्दै जाने छ। चीनले आफ्नो वैज्ञानिक प्राविधिक प्रगति हासिल गर्दै अझ बढी मुलुक तथा क्षेत्रका जनतालाई लाभान्वित गराउने छ।

जानकारी तथा लेखहरु