फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हरित चीन" बाट सारा विश्वको पर्यावरणीय सभ्यताको गुणस्तर उकासिने

(GMT+08:00) 2019-10-07 15:35:10
सन् २०१९ को फेब्रअरीमा अमेरिकी अन्तरिक्ष व्युरो नासाले भूमि लक्षित दुईवटा उपग्रहको सर्वेक्षण डाटा सार्वजनिक गर्दै २० वर्षअघिको तुलनामा अहिलेको पृथ्वी झन् हरियो देखिएको जनाएको छ। त्यसको मुख्य कारण भनेको चीन र भारतमा बढेको वृक्षारोपण हो साथै कृषि क्षेत्रलाई पनि व्यवस्थित पारेको छ। सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा सारा पृथ्वीमा हरियाली क्षेत्रफल ५ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये चीनमा वनस्पति ढाक्ने दरले सारा विश्वको वनस्पति ढाक्ने दरको २५ प्रतिशतभन्दा बढी स्थान ओगटेको छ र विश्वको पहिलो स्थानमा उभिएको छ। "चीनको योगदान" भन्ने विषयमध्ये ४२ प्रतिशतको भाग वृक्षारोपण नै रहेको छ।

चीनले हरित विकासको सँरक्षण गर्नका लागि गरेको अथक प्रयासलाई संयुक्त राष्ट्र संघको वातावरण परियोजना कार्यक्रमले उच्च मूल्याङ्कन गरेको छ। चीनको उत्तर-पश्चिमी भाग, उत्तरी भाग र उत्तर-पूर्वी भागमा स्थापित "सान पै" अर्थात् "तीनवटा उत्तर" भन्ने सँरक्षणात्मक वनस्पति परियोजनालाई वातावरण परियोजना कार्यक्रमले सारा विश्वको मरुभूमिका लागि "पर्यावरणीय आर्थिक नमुनात्मक क्षेत्र"को रुपमा निश्चित गरेको छ।

चीनले पर्यावरणीय वातावरणको सुधार गर्ने र हरित विकासलाई साकार तुल्याउने सन्दर्भमा यस्तो उल्लेखनीय उपलब्धि प्राप्त गरेको पक्ष र चीन सरकारले रणनीतिक बन्दोबस्त मिलाएको र लगातार रुपमा वातावरणीय सँरक्षणको अनुगमन र व्यवस्थापन गर्ने शक्तिलाई बलियो पार्दै आएको पक्षबीच निकै घनिष्ट सम्बन्ध रहेको छ।

बितेका केही वर्षयता चीनले अघिपछि गरी ९ वटा पर्यावरणीय वातावरण ऐन र २० भन्दा बढी प्रशासनिक कानून र नियमको तर्जुमा र संशोधन गरेको छ। त्यस क्रममा जलवायु, पानी, माटो, प्राकृतिक पर्यावरण र आणविक सुरक्षा आदि क्षेत्रसँग सम्बन्धित रहेको कानूनी प्रणालीको पनि क्रमश: स्थापना गरिएको छ। गत सन् २०१५ देखि चीनले इतिहासमा सबैभन्दा गम्भीर नयाँ वातावरणीय सँरक्षण ऐन लागू गर्न थालेको छ। त्यस ऐन बमोजिम चीनले कानून विपरित व्यवसाय र अधिकृतलाई गम्भीर दण्ड सजाय दिने गरेको छ। त्यसै गरी वातावरण सम्बन्धी अवैध कारवाईलाई प्रहार गर्ने विषयमा चीनले टड्कारो उपलब्धि पनि प्राप्त गरेको छ।

संयुक्त राष्ट्र संघको जैविक वस्तुको विविधता सन्धि सम्बन्धी १५ औँ संस्थापक सम्मेलन आगामी वर्ष चीनको खुन मिङ शहरमा आयोजना गरिनेछ। त्यस सम्मेलनको मुख्य नारा पर्यावरणीय सभ्यता: सँगै मिलेर पृथ्वी प्राणको एकरुपताको निर्माण गरौं भन्ने रहेको छ। त्यस नारा चीनले प्रस्तुत गरेको मानव जाति भाग्यको एकरुपताको स्थापना भन्ने प्रस्तावसँग निकै मेल खाएको देखिन्छ। अवश्य नै, चीन सारा पृथ्वीको पर्यावरणीय सभ्यताको निर्माण गर्ने महत्वपूर्ण सहभागी देश, योगदानकर्ता र निर्देशक बन्नेछ।

जानकारी तथा लेखहरु