फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपभोग उकासेबाट चीनको अर्थतन्त्रलाई सशक्त शक्ति प्रदान

(GMT+08:00) 2019-10-08 18:37:33

भर्खरै सम्पन्न भएको राष्ट्रिय दिवसको लामो बिदामा चीनका धेरै उपभोगको डाटाले इतिहासमा नयाँ किर्तिमान सिर्जना गरेको छ। अक्टोबर १ देखि ७ तारिखसम्म सारा देशमा खुद्रा बिक्री र खानेपिउने व्यवसायको बिक्री दर गत वर्षको सोहि अवधिको तुलनामा ८.५ प्रतिशतले वृद्धि भएको छ भने देशभित्रको पर्यटन आम्दानी ६ खर्ब ४९ अर्ब ७१ करोड चिनियाँ युआन पुगेको छ। सो रकम गत वर्षको तुलनामा ८.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ। ती डाटाहरूबाट के प्रमाणित गरिएको छ भने अनेकन् अनिश्चित तत्वहरू बढ्दैआएको सिलसिलामा पनि उपभोग क्रमश: चीनको आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण प्रेरणात्मक शक्ति बन्दै गएको छ। त्यसले चीनको अर्थतन्त्रलाई स्थिर रूपमा राम्रो दिशातर्फ विकसित हुनका लागि सशक्त शक्ति थपिदिएको छ।

बितेका केही वर्षयता उपभोग बजारको स्थिर प्रचलनलाई सुनिश्चित पार्नका लागि चीन सरकारले शृंखलाबद्ध नीति नियम सार्वजनिक गरेको छ। ती नीति नियमले उपभोग बजारको समृद्धि र विकासका लागि सशक्त प्रत्याभूति दिंदै आएका छन्। आर्थिक पर्यवेक्षकका अनुसार, उपभोग लगातार रुपमा चीनको आर्थिक विकासलाई अघि बढाउने सबभन्दा ठूलो शक्ति बन्दैजाने छ।

जानकारी तथा लेखहरु