फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय सार्वभौमिकता र टिप्पणीको स्वतन्त्रतालाई मिसाउन नसकिने

(GMT+08:00) 2019-10-09 15:48:13
हस्टन रकेट क्लबका प्रबन्धक मोरेले हङकङ सम्बन्धित मामिलामा गलत टिप्पणी व्यक्त गरेपछि कुनै माफी मागेको छैन साथै अमेरिकी एनबिएले समेत उनलाई कुनै सजाय नदिनुका साथै एनबिएका अध्यक्ष एडम सिल्भरले टिप्पणी स्वतन्त्रताका कारण सार्वजनिक रूपमा मोरेलाई समर्थन गरेको थियो। अक्टुबर ८ तारिख चाइना मिडिया ग्रुपको खेलकुद च्यानलले फेरि एक पटक एउटा पत्र जारी गर्दै एनबिएका सबै खेलहरूको प्रसारण स्थगित गर्ने निर्णय गरेको थियो।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ताले उपर्युक्त मामिलाबारे चिनियाँ जनताको इच्छा विरोध चल्ने हो भने चीनसँगको कुनै पनि सहकार्य सञ्चालन नहुने स्पष्ट गरेको छ।

राष्ट्रिय सार्वभौमिकता तथा समाजको स्थीरतामाथि खतरा पुर्याइने कुनै टिप्पणी वाक स्वतन्त्रताको दायरामा नआउने साथै सिल्भर र मोरेको जवाफ उनीहरूको आफ्नै उद्देश्य अनुरूप अभीष्ट देखिएको चाइना मिडिया ग्रुपले टिप्पणी गरेको छ।

जानकारी तथा लेखहरु