फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्वको असल प्रतिस्पर्धात्मक शक्ति कायम

(GMT+08:00) 2019-10-09 18:38:56

विश्व आर्थिक मञ्चले अक्टोबर ९ तारिख जेनेभामा "सन् २०१९ विश्वको प्रतिस्पर्धात्मक शक्ति प्रतिवेदन" जारी गरेको छ। त्यस प्रतिवेदन बमोजिम, विश्वको प्रतिस्पर्धात्मक शक्तिको मिलिजुली सूचीमा चीन २८ औँ स्थानमा रहेको छ। गत वर्ष पनि चीनले उक्त प्रतिवेदनमा २८ औँ स्थान हासिल गरेको थियो। तापनि चीनले पाएको कुल अङ्क गत वर्षको दाँजोमा १.३ ले वृद्धि भएको छ। त्यसबाट चीनले निरन्तर रुपमा सारा विश्वको असल प्रतिस्पर्धात्मक शक्तिलाई कायम राख्दै आएको प्रमाणित भएको देखिन्छ।

विश्व आर्थिक मञ्चले "विश्वको प्रतिस्पर्धात्मक शक्ति प्रतिवेदन" जारी गर्नथालेको ४० वर्ष पुगिसकेको छ। यस वर्षको प्रतिवेदनमा कुल आर्थिक मात्राले सारा विश्वको जीडीपीमध्येको ९९ प्रतिशत स्थान ओगटेका १४१ आर्थिक समुदायको प्रतिस्पर्धात्मक शक्तिको विश्लेषण गरिएको छ। मूल्याङ्कन सूचीमा आधारभूत प्रबन्ध, समष्टिगत आर्थिक स्थिरता, बजारको परिधि, बैकिङ बजार र सिर्जनशील क्षमता लगायत १२ प्रकारका १०३ किसिमका विषयहरू समावेश छन्।

उक्त प्रतिवेदनमा खुलापन र सहकार्यको महत्वबारे पुन: जोड दिएर उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु