फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको दक्षिण-एशिया भ्रमणबारे जानकारी

(GMT+08:00) 2019-10-09 18:39:35

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ देखि १३ तारिखसम्म भारतमा चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटघाटमा सहभागी हुनुका साथै नेपालको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयले ९ तारिख दिउँसो पैचिङमा यस विषयबारे पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चीनका उप परराष्ट्र मन्त्री लो चाउ ह्वैका अनुसार, सो भ्रमण जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवलाई भव्यताका साथ मनाएपछि राष्ट्राध्यक्ष सीको पहिलो भ्रमण हो। साथै सो भ्रमण चीनका राष्ट्राध्यक्षले २३ वर्ष पछि पुन: नेपालको भ्रमण गर्न लाग्नुभएको हो। त्यस भ्रमणले चीन-भारत, चीन-नेपाल, चीन र दक्षिण-एशियाली मुलुक सम्बन्धको विकासका लागि नयाँ जीवन्त शक्ति थपिने, क्षेत्रीय पारस्परिक सम्पर्क र आदान-प्रदान तथा आर्थिक-व्यापारिक सहकार्यलाई मजबुत पार्नका लागि मार्ग प्रशस्त गर्ने, क्षेत्रीय जनताको आपसी विश्वास र मित्रतालाई प्रबर्द्धनका लागि नयाँ चौतारोको स्थापना गर्ने र विश्व तथा क्षेत्रीय शान्ति र समृद्धिका लागि नयाँ योगदान गर्ने छ।

जानकारी तथा लेखहरु