फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा पाकिस्तानका प्रधानमन्त्रीसँग भेट-वार्ता

(GMT+08:00) 2019-10-09 18:59:38

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टुबर ९ तारिख पैचिङमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेट-वार्ता गर्दै चीन र पाकिस्तानबीच अद्वितीय र पूर्ण रूपमा रणनीतिक सहकार्य समझदारी भएको कुरामा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा परिवर्तन भए तापनि चीन र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं नै बलियो रहिरहेको र यी दुई देशबीचको सहकार्य घनिष्ट तथा गहन रूपमा विकास हुँदैगएको पनि औंल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनले पाकिस्तानसँगको सम्बन्धलाई कूटनैतिक प्राथमिकतामा राखेको र पाकिस्तानको मुख्य हित तथा महत्वपूर्ण मामिलामा चीनले सधैं नै समर्थन दिँदैआएको भन्दै पाकिस्तानसँग मिलेर रणनैतिक सहकार्य तथा वास्तविक सहकार्यलाई अझ बलियो बनाएर चीन-पाकिस्तान भाग्यको समुदायलाई निर्माण गर्न चीन इच्छुक रहेको पनि बताउनुभयो।

भेटको क्रममा प्रधानमन्त्री इमरान खानले चीनसँग मिलेर आदान-प्रदान तथा सहकार्यलाई अझ बलियो बनाउने र संयुक्त रूपमा चीन-पाकिस्तान आर्थिक मार्गको निर्माण गर्न पाकिस्तान इच्छुक रहेको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु