फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वृत्तचित्र "च च्याङको कथा" विश्व सार्वजनिक समारोह आयोजित

(GMT+08:00) 2019-10-10 16:14:56
वृत्तचित्र "च च्याङको कथा" विश्व सार्वजनिक समारोह अक्टुबर ९ तारिख पैचिङमा आयोजना भएको छ। सो वृत्तचित्रमा बेलायतको माथिल्लो सदनका सदस्य माइकल बेट्स र उहाँकी श्रीमती लि स्युए लिनसँगसँगै एक महिना लामो चीनको हाङ चौ शहरदेखि वन चौ शहरसम्मको ट्रेक यात्राको दृष्य देखाइएको छ। साथै सो वृत्तचित्र अक्टुबर १३ तारिखदेखि अमेरिकी सिएनबिसि टेलिभिजन, वाल स्ट्रिट दैनिक समाचार पत्रको वेबसाइट र चाइना मिडिया ग्रुपको टेलिभिजनसहित विभिन्न मिडिया सँगठनमार्फत प्रसारण गरिने योजना बनाइएको छ।

सो वृत्तचित्रमा माइकलले चीनको सटीक गरीबी उन्मूलन, "एक पेटी एक मार्ग"शीर्षक प्रस्ताव र वातावरण सँरक्षणका लागि आर्थिक दिगो विकासको रणनीति लगायतका विभिन्न चिनियाँ विशेष विषयहरूबारे आफ्नो विचार राख्नुभएको दृष्य छ। यस बाहेक उहाँले ट्रेक यात्राको क्रममा भेट्नुभएका विभिन्न चिनियाँ व्यक्तिहरूको भनाईबाट नयाँ चीन स्थापनाको ७० बर्ष यताको चिनियाँ जनताको वास्तविक अनुभव तथा यी व्यक्तिहरूको सुखद जीवनको अपेक्षा पनि सो वृत्तचित्रले देखाउँछ।

जानकारी तथा लेखहरु