फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङलाई मन पर्ने ऐतिहासिक भनाईहरू" भारतीय सञ्चार माध्यमार्फत प्रकाशित तथा प्रसारित

(GMT+08:00) 2019-10-10 18:33:34

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ भारतको चेन्नईमा आयोजना हुने चीन-भारत नेताहरूबीचको दोस्रो अनौपचारिक भेट वार्तामा सहभागी हुनु अघि चाइना मिडिया ग्रुपले उत्पादन गरेको "सी चिन फिङलाई मन पर्ने ऐतिहासिक भनाईहरू" शीर्षक तामिल तथा भारतीय भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रममा आज प्रसारित भएको छ।

भारतीय राष्ट्रिय टेलिभिजन-दूरदर्शन पोधिगै, दक्षिण भारतको "पुथिया थलाइमुराई" र "सिटी"नामक टेलिभिजनमार्फत प्रसारण गरिएको छ। भारतको मुख्य सञ्चार माध्यमले "सी चिन फिङलाई मन पर्ने ऐतिहासिक भनाईहरू" शीर्षक कार्यक्रम पहिलो पटक प्रसारण गरेको हो।

यस बाहेक भारतको "न्यूज टक" नामक समाचार प्रसारण संस्था, तामिल भाषाको मुख्य समाचार पत्र "दिनमणि"को आधिकारिक वेबसाइट तथा फैसबुक र "तामिल दैनिक समाचार" तथा न्यूज मोबाइल नामक नयाँ मिडियासमेतका विभिन्न मिडियाहरूले पनि "सी चिन फिङलाई मन पर्ने ऐतिहासिक भनाईहरू" कार्यक्रम प्रकाशन गरेको छ।

जानकारी तथा लेखहरु